प्रदेश स्तरीय गोजुरियो प्रतियोगिता अछामको साफेबगरमा शुरु, नौ ओटै जिल्लाका करिव तीन सय खेलाडी सहभागी अछाम

Gojuriyo
Gojuriyo
October 22, 8:14

२०७६ कार्तिक ५ - 

प्रदेश स्तरीय गोजुरियो कराते प्रतियोगिता आज बाट अछामको साफेबगरमा शुरु भएको छ । सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाका गोजुरियो खेलाडीको सहभागीता रहेको प्रतियोगिताको एक भव्य समारोहका बिच पुर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं सुदुरपश्चिम प्रदेशका इन्चार्ज भिम रावलले उद्घाटन गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले खेलकुद क्षेत्र र खेलाडी बाट राजनीतिमा लागेका हरुले धेरै कुरा सिक्नुपर्ने रहेको बताउनु भयो । उहाँले खेल क्षेत्रको बिकासका लागि आफू सदैव सकारात्मक रहेको बताउदै खेलकुदको संरचनात्मक सुधारका लागि आवश्यक पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ । पहिलो पटक अछाममा करातेका खेलाडी, प्राविधिक तथा अफिसियल सहित निकै भव्य कार्यक्रम आयोजना गरेकोमा नेता रावलले आयोजकको खुलेर प्रशंसा गर्नुभएको छ ।

उद्घाटन समारोहमा बिशिस्ट अतिथिको रुपमा रहनुभएका रास्ट्रीय सभा सदस्य तथा नेकपाका नेता शेरबहादुर कुवरले अछाम जिल्लामा भै रहेको बिकासको गतिको प्रशंसा गर्दै यो प्रतियोगितालाई पनि यसको उदाहरणका रुपमा व्याख्या गर्नु भयो । उहाँले मार्सलआर्टका खेलहरु खेलाउन सभाहलको आवश्यकता औल्याउँदै त्यस तर्फ पनि ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको छ । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै रास्ट्रीय गोजुरियो कराते दो सघका केन्द्रिय महासचिव एवं एसियन कराते महासघका अन्तरास्ट्रिय रेफ्री प्रकाश कुमार चन्दले मार्सलआर्टका खेलहरुले रास्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुका साथै पदक दिलाउने गरेको स्मरण गराउदै आवश्यक लगानी हुन नसकेको तर्फ राज्यको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले प्रादेशिक संरचनामा देश गए संगै खेलकुद क्षेत्रमा पनि उल्लेख्य बिकास हुने गरि नया नेतृत्व चयन गरिनुपर्नेमा जोड दिनुभयो ।

यस्तै आयोजक रास्ट्रीय गोजुरियो कराते दो सघ अछाम शाखाले अन्तर्राष्ट्रिय स्तरमा सघको तर्फबाट उत्कृष्ट योगदान पुर्याउने खेलाडी तथा पदाधिकारीहरु लाई सम्मान समेत गरेको छ । सम्मानित हुने खेलाडी तथा प्रशिक्षकहरु लाई कार्यक्रमका प्रमुख अतिथि रावलले खादा सहित सम्मानपत्र हस्तान्तरण गर्दै सम्मान प्रदान गर्नु भएको छ । सम्मानित हुनेमा एसियन कराते महासघका अन्तर्राष्ट्रिय रेफ्री एवम सघका केन्द्रिय महासचिव प्रकाश कुमार चन्द, सघका केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय प्रशिक्षक कुबेर खड्का, खेलाडी कमल ओलि र अरुणा ओलि रहेका छन । रास्ट्रीय गोजुरियो कराते दो सघ अछामको आयोजनामा शुरु भएको कार्यक्रमको अध्यक्षता सघका अछाम जिल्ला अध्यक्ष प्रकाश शाहले गर्नुभएको थियो । कार्यक्रममा अछाम जिल्लाका स्थानीय सरकारका प्रमुख , उपप्रमुख एवं अन्य जनप्रतिनिधि , प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुख , गैरसरकारी सघसस्थाका प्रतिनिधि, प्रवासी नेपाली समाजका पदाधिकारी, रास्ट्रवादी बिकासिल अभियानका अन्तर्राष्ट्रिय बिभाग प्रमुख नरेन्द्र ओलि लगायतको सहभागीता रहेको थियो । साथै सघले कार्यक्रमलाई विभिन्न तवरबाट सहयोग गर्ने सघसस्था एवं व्यक्तिहरु लाई प्रशंसा पत्र सहित सम्मान गरेको छ ।

कार्तिक ६ गते सम्म संचालन हुने प्रतियोगितामा सबै जिल्लाका गरि करिब ३ सय खेलाडीको सहभागीता रहेको रास्ट्रीय गोजुरियो कराते दो सघका केन्द्रिय सदस्य तथा प्रशिक्षक बिएस ओडले जानकारी दिनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा