सीमा अतिक्रमण विरुद्ध धनगढीमा ‘सडकमा स्रष्टाहरूको आवाज’

Sahitya
Sahitya
November 09, 8:25

धनगढी, 
कात्तिक २२ – 
सुदूरपश्चिमका स्रष्टाहरूले नेपाली भूमि भारतीय नक्सामा राखिएको प्रति सिर्जना मार्फत विरोध जनाएका छन् । सर्जक तथा साहित्यकारहरूको सक्रियतामा सीमा अतिक्रमण विरुद्ध ‘सडकमा स्रष्टाहरूको आवाज’ कार्यक्रममा उनीहरूले विरोध जनाएका हुन् ।  

Sahitya


 धनगढीमा जम्मा भएर स्रष्टाहरूले विभिन्न साहित्यिक रचना र गीत सङ्गीत मार्फत विरोध जनाए । भारतको पछिल्लो निर्णयको विरुद्धमा सबैतिर प्रदर्शन भइरहेका बेला स्रष्टाहरू रचना वाचन मार्फत तर्क र सिर्जनात्मक विरोधमा अग्रसर भएका हुन् । 
गत १६ गते भारतले नेपालको लिपुलेक भारतीय नक्सामा राखेको विरोधमा राष्ट्र प्रेमले ओतप्रोत सिर्जना मार्फत यस क्षेत्रका सर्जक र साहित्यकारहरूले विरोध जनाए । 
सिर्जना वाचनमा देश प्रेम, राष्ट्रियताको भाव, राष्ट्र प्रेमले ओतप्रोत रचना मात्रै होइनन् युवाहरूले आक्रोश पनि समेटिएका रचना समेत वाचन गरेका थिए ।  
सबैतिर विरोधका स्वरहरू उठिरहेका भन्दै सिर्जना मार्फत उक्त विरोध र भारतीय हस्तक्षेप विरुद्ध कटाक्ष गर्दै सर्जकहरूले सिर्जना वाचन गरेका हुन् । 
हतियार भन्दा रचना र सिर्जना मार्फत गरिएको तार्किक विरोधको अझ बढी महत्त्व हुने भन्दै साहित्यकार पनि भारतीय हस्तक्षेप विरुद्ध एक्वेवद्धता जनाउन थालेका छन् । 
नेपाल संकृतिसंघ गोदावरी, नेपालका अध्यक्ष पदमराज जोशीले देश एकजुट हुन र युवाहरू एक्वेबद्ध हुन आवश्यक रहेको भन्दै सृजना मार्फत राष्ट्रियताको पक्षमा वकालत गर्नु पर्ने बताए ।
सामाजिक सञ्जालमा सृजना र व्यंज्ञ मार्फत समसामयिक अवस्थाको खरो टिप्पणी गर्दै आउनु भएका गड्सेरी माइलाले सिर्जनात्मक रूपमा सबै सर्जकहरू जागरूक हुनुपर्ने धारणा व्यक्त गरे । 
गत १६ गते भारतले सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरा, कुटी, गुन्नी, नाबी लगायतका झन्डै ३ सय ७२ वर्ग किलोमिटरका भूभागहरू आफ्नो राजनीतिक नक्सामा राखेर आफ्नै हो भन्ने दाबी गरेको विषयमा अहिले सर्वत्र विरोध प्रदर्शन भइरहेका छन् । सोही विरोधमा समाज रूपान्तरणको बलियो माध्यमका रूपमा स्थापित साहित्य र कला मार्फत एक्वेवद्धता जनाउन ‘सडकमा स्रष्टाहरूको आवाज’ कार्यक्रम आयोजना गरिएको कवि तथा साहित्यकार जनक रसिकले बताए । 

Sahitya

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा