नेकपाले जनतालाई धोका दियो: कांग्रेस

Congress
Congress
November 22, 3:52

धनगढी,

मंसिर ६ - 
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदियदलका नेता डाक्टर रणबहादुर रावलले नेकपाको सरकारले जनतालाई धोका दिएको आरोप लगाएका छन् ।
शुक्रबार नेपाल प्रेस यूनियन डोटीले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन । जनताले विकास र समृद्धीका लागि भन्दै नेकपालाई दुई तिहाईको म्यान्डेड दिएका हुन नेता रावलले भने, यसको प्रतिफल जनताले पाउन सकेका छैनन् । नेकपाको सरकारले दण्डहिनता, अराजकता, भष्टाचार र गुण्डाराजलाई प्रसय दिएको छ नेता रावलले भने, जसका कारण लोकतन्त्र र संघियता माथी अबिश्वास पैदा भैरहेको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा सांसद भरत खड्काले नेकपाको सरकारको बोली र ब्यावहार फरक रहेको बताए । उनले भने, झुटा कुरा गरेर समृद्धी हुदैन त्यसका लागि काम गर्नुपर्छ । धनगढी उप–महानगरपालिकाका प्रम्ुख नृपबहादुर वडले नेकपालाई दुईतिहाई दिएर जनता पछुतोमा रहेको बताए । डेढ बर्षको अवधीमा काण्ड बाहेक केहि घटाईनन् नगरप्रमुख वडले भने, जसका कारण लोकतन्त्र कमजोर भयो । डोटी जिल्लाको आफ्नै सामरिक महत्व भएकाले स्थायी राजधानीको बारेमा निर्णय गरिदा यही हुने गरि गर्नुपथ्यो नगरप्रमुख वडले भने, त्यो नगरेर गोदावरीको जंगलमा राजधानी सारियो । कि धनगढी नै ठिक छ होईन भने दिपायल हुनुपर्छ भनेर आफ्नो नेतृत्वमा आन्दोलन नै भएको नगरप्रमुख वडले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा