दोस्रो चौमासिकसम्म बजेट खर्च ८० प्रतिशत पुर्‍याउने प्रदेश सरकारको लक्ष

P7
P7
December 03, 7:27

धनगढी, १७ मंसिर – सुदूरपश्चिम प्रदेश सरकारले बजेट खर्चलाई गति दिन सक्रियता देखाएको छ । दोस्रो चौमासिकसम्म ८० प्रतिशत बजेट खर्च पुर्‍याउने लक्षसहित प्रदेश सरकारको प्रथम चौमासिक प्रगति समीक्षा आज धनगढीमा सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न समीक्षामा लोकसेवा आयोगको प्रक्रिया अघि बढाएर ९० दिन भित्र कर्मचारी भर्ना गरी कामको गति बढाउने सरकारले लक्ष राखेको हो ।
प्रदेशका मुख्य सचिव नारायण प्रसाद विडारीले विषयगत मन्त्रालयहरू अन्य तयारीमा रहेकाले अहिले बजेट खर्च कम देखिए पनि अब दोस्रो चौमासिकमा विकास निर्माणलाई गति दिने गरी निर्देशन भएको बताउनु भयो ।
बजेट खर्चको शिथिलतालाई मध्यनजर गरेर लोक सेवा आयोग सम्बन्धी कानुन समेत तर्जुमा भइसकेकाले ९० दिन भित्र कर्मचारी खटनपटन प्रदेशबाटै गरिसक्ने उहाँले बताउनु भयो ।
सङ्घीय सरकार मातहतका कार्यालय प्रमुखहरूलाई समेत प्रदेश सरकारले बजेट अख्तियारीको बहाना नबनाएर गतिशील रूपमा काम गर्न कडा निर्देशन भएको विडारीको भनाई छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा पुँजीगत बजेट ३ प्रतिशत मात्रै खर्च गर्न भ्याएको छ । अहिले प्रदेशका १ सय बढी सरकारी कार्यालयमा अधिकृत र उप–सचिव स्तरका कर्मचारी अभाव रहेको प्रदेश सरकारको निर्क्योल छ ।
अब प्रदेश लोक सेवा आयोग मार्फत उप–सचिवसम्मको दरबन्दीमा कर्मचारी भर्नाको बाटे खुल्नुका साथै विकास निर्माणले गति लिने प्रदेश सरकारको विश्वास छ ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा