राजनीति
September 29, 3:52
धनगढी । नेपाली कांग्रेस कैलालीले क्रियाशिल सदस्यता नविकरण फारम बुझाउन मातहतका निकायलाई ताकेता गरेको छ ।
कांग्रेस कैलालीले बिहीबार सूचना जारी गर्दै १४औं महाधिवेशनका क्रियाशिल सदस्य नविकरण गरेर यही असोज २० गते भित्र नविकरण गरेको फाराम र शुल्क जम्मा गरेको भौचर जिल्ला पार्टी कार्यालयमा बुझाउन ताकेता गरेको हो ।
यसअघि तोकिएको मितिमा फाराम र भौचर नबुझाएका मातहतका निकायलाई फेरि ताकेता गर्दै सूचना जारी… विस्तृतमा
September 27, 4:25
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेश सरकारको आग्रहमा निर्वाचन स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । सचिवालयले गत आइतबार मात्रै निर्वाचन कार्यतालिका प्रकाशित गरिएको थियो ।
तालिकाअनुसार शुक्रबार (असोज १२ गते) समितिका सभापतिहरूको निर्वाचन तय भएको थियो । पूर्व निर्धारित मितिमा अब निर्वाचन… विस्तृतमा
September 24, 4:25
धनगढी । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत गठित चार वटा विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
प्रदेश सभाका सचिवालयका अनुसार चार वटा विषयगत समितिलाई पूर्णता दिलाउन सभामुख भीमबहादुर भण्डारीले आइतबार प्रदेश सभा सदस्यहरुसंग छलफल गरेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । निर्वाचन कार्यतालिका प्रदेश सभाको सूचना पाटीमा टाँस गरि सार्वजनिक गरिएको सभामुख भण्डारीले जानकारी दिए ।… विस्तृतमा
September 21, 3:07
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।
मनोनित हुनेमा गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका… विस्तृतमा
September 21, 1:03
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् ।
व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि असोज ६ गते राष्ट्रपति पौडेल तनहुँको दमौली आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
उनका अनुसार शनिबार तनहुँको दुई स्थानको कार्यक्रममा सहभागि भई… विस्तृतमा
September 20, 5:05
धनगढी । बझाङमा बिभिन्न पार्टी परित्याग गरी ६८ जनाले नेकपा माओवादी पार्टीमा प्रवेश गरेका छन ।
जिल्लाको थलारा गाउँपालिकाका वडा नं १, २ , ३ र ७ बाट नेकपा एमाले परित्याग गरि १८ जनाले माओवादी पार्टीमा प्रवेश गरेका छन । यस्तै सो गाउँपालिका 'ख'वडा नं २ एमाले परित्याग गरि १९ जनाले माओवादीमा प्रवेश गरेको सुदूरपश्चिम प्रदेश सह सचिब केशवनाथ योगीले जानकारी दिए ।
त्यस्तै सोही गाउँपालिका वडा नं १… विस्तृतमा
September 14, 12:40
धनगढी,२८ भदौ । एसपीए कलेजको विद्यार्थी परिषदमा कृष्ण पुजाराको प्यानल विजयी भएको छ । अध्यक्षमा स्वतन्त्र विद्यार्थी परिषदका उमेद्वार कृष्ण पुजारा निर्वाचित भएका छन् । बुधबार भएको परिषदको मतदानबाट प्रतिद्वन्दी सुलभ थापालाई हराउदै पुजाराको पुरै प्यानल विजयी भएका हुन् ।
बिजयी पुजाराले २४८ मत पाएका हुन् भने थापाले १७९ मत प्रप्त गरेका थिए । उपाध्यक्ष भुवन बिष्टले २३२ महिला उपाध्यक्ष आयुष्मा जोशी २६०… विस्तृतमा
September 12, 1:04
काठमाण्डौं,२६ भदौ । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ।
नेकपा एमाले केन्द्रीय सचिवालयको च्यासलमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो।
बैठक नेम्वाङको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो। पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले नेम्वाङको अप्रत्यासित निधनमा दुस्ख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरिएकोबताए
उनले पार्टीका… विस्तृतमा
September 06, 1:49
बैतडी, २० भदौ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले कानुन नहुँदा प्रदेश सरकारले जनअपेक्षाका अधिकांश काम गर्न नपाएको बताए ।
नेपाल प्रेस युनियन बैतडीले गोठालापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री भट्टले कानुन नहुँदा प्रदेश सरकारले गति लिन नसकेको बताएका छन।
“स्थानीय तहले नगरप्रहरी भर्ना गर्न पाउने कानुन छ तर प्रदेश सरकारले प्रदेश… विस्तृतमा
September 05, 6:33
धनगढी,१९ भदौ। नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्यले पार्टीलाई बलियो र जनपक्षीय संगठन बनाउन तीन महिने विशेष रुपान्तरण अभियान शुरु गरिएको बताएका छन् ।
नेपाल प्रेस सेन्टर सुदूरपश्चिम प्रदेश कमिटिले धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा इन्चार्ज आचार्यले शान्ति प्रक्रिया पछिका हाम्रा कमजोरीहरु जनताबाट सुनेर पार्टीलाई रुपान्तृत गर्न अभियान… विस्तृतमा
September 04, 1:09
धनगढी १८ भाद्र । तरुण दल कैलालीले धनगढी वडा नम्बर ६को वडा समिति बिस्तार गरेको छ । तपेन्द्र नेगीको अध्यक्षतामा वडा नम्बर ६को समिति बिस्तार गरेको छ । समितिको उपाध्यक्ष नरेश भट्ट, सचिव लोकराज सुबेदी र कोषाध्यक्ष महेश जोशीलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा सुरेश ओझा, चिरन पुनमगर, हरिश जोशी, भुपेश भट्ट, सुवाश भट्ट, अमिच चौधरी र सन्तोष बोगटी चयन गरिएको छ ।
नेपाली काँग्रेस वडा नम्बर ६को पार्टी… विस्तृतमा
September 04, 1:04
काठमाण्डौं,१८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्नलाई संसदीय समितिबाट समाधान हुने विश्वास लिएको बताएका छन्। सोमबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका उनले नयाँ संसद् प्रारम्भ भएपछि केही सुधारसहित विधेयक दर्ता भई अहिले संसदीय समितिमा विचाराधीन रहेको उल्लेख गरे।
उनले… विस्तृतमा
September 04, 12:24
काठमाडौँ,१८ भदौ ।आगामी असोज पहिलो साता हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा करिब दर्जन एजेन्डामा छलफल तयारी सरकारले गरेको छ।
परराष्ट्रमन्त्री एनपी साउदले सोमबार सोलुखुम्बुमा पत्रकारहरुसँगको कुराकानी क्रममा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा कृषि विकासदेखि, उत्तरी नाका खोल्ने र सडक विस्तारसम्मका एजेन्डा तय गरिएको बताए।
‘आगामी असोजमा प्रधानमन्त्रीको चीन भ्रमण… विस्तृतमा
September 04, 11:31
काठमाडौं,१८ भदौ । राष्ट्रिय बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राइले ‘संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।
बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ ।
September 04, 10:25
काठमाण्डौं,१८ भदौ । नेकपा एकीकृत समाजवादी सचिवालयको बैठक बस्दैछ । तर, समय भने अझै खुलाइएको छैन । आलोकनगर, शान्तिनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा सो बैठक बस्ने जनाईएको छ ।
बैठकमा यसअघि केन्द्रिय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल… विस्तृतमा