राजनीति
September 04, 10:10
धनगढी,१८ भदौ । सुदूरपश्चिम प्रदेश सभाको कामकारबाही सुस्त बनेको छ । सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभा सुस्त बनेको हो । प्रदेश सरकार गठन भएको यतिका महिना बित्दा पनि प्रदेश सभाले नयाँ विधेयक पाएको छैन ।
सुरुवातमा सरकार फेरबदल र पूर्णता दिनमै समय व्यतीत भयो । पछिल्लो समय सरकारले पूर्णता पाइसक्दासमेत प्रदेश सभाले बिजनेस अभाव झेलिरहेको प्रदेश सभा सदस्यहरू बताउँछन् । प्रदेश सभा सचिवालयका सूचना… विस्तृतमा
September 02, 11:36
काठमाडौं,१६ भदौ । पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा ह्याम्स अस्पताल पुगेका छन्।
मुटुमा समस्या आएपछि शुक्रबार साँझ अस्पताल भर्ना भएका पूर्वयुवराज पारसको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष थापा शनिबार बिहान अस्पताल पुगेका हुन्। भेटमा पूर्वयुवराज शाहले आफू ठीक रहेको र अहिले कुनै समस्या नरहेको जानकारी दिएको बताइएको छ।
राप्रपा नेपाल महामन्त्री… विस्तृतमा
September 02, 9:17
काठमाडौँ,१६ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनीत गरेका छन्। देउवाले शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय, पुष्पा भुसाललाई महिला, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार, किरण यादवलाई तराई(मधेश समन्वय विभागको प्रमुखमा मनोनीत गरेका हुन्।
केन्द्रीय सदस्य योगेन्द्र चौधरी थारू,… विस्तृतमा
September 02, 8:43
धनगढी, १६ भदौ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरी ऐन बनाएको एक वर्ष बितेको छ। २०७९ साल भदौमा बनेको सो ऐन कार्यान्वयनमा नआउँदा कानुनी रूपमा प्रदेश सरकारसँग प्रहरी नै छैन। आफूमातहत प्रहरी नहुँदा केन्द्र सरकारको सुरक्षा संयन्त्र अवलम्बन गर्नुपर्ने बाध्यता छ।
सो ऐनको परिच्छेद १ को खण्ड १ को (२) मा लेखिएको छ, “यो ऐन प्रदेशभर तुरुन्त प्रारम्भ हुने छ।” त्यस्तै प्रदेश निजामती सेवा ऐन बनेको पनि… विस्तृतमा
August 31, 6:51
काठमाण्डौं,१४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भवन तत्काल नभत्काउन उच्च अदालत पाटनले आदेश जारी गरेको छ।
निवेदक प्रभा चापागाईंले दायर गरेको रिटमा न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले बिहीबार आदेश जारी गर्दै तत्काल नभत्काउन भनेको हो।
राप्रपा कार्यालय भत्काउने तयारीसहित काठमाडौं महानगरको टोली गत साउन १५ गते डोजरसहित पुगेको थियो।
तर, यसबारे कानूनको प्रकृया बिना भत्काउदा… विस्तृतमा
August 31, 6:36
डोटी,१४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भदौ १६ गतेदेखि देशव्यापी रूपमा सञ्चालन गर्ने तीन महिने रूपान्तरण अभियानलाई प्राकृतिक कृषि उत्पादनसँग जोड्ने भएको छ ।
तीन महिने विशेष रूपान्तरण अभियानका सन्दर्भमा डोटी सदरमुकाम सिलगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा जानकारी दिइएअनुसार पार्टी कार्यकर्ता र जनतालाई उत्पादनसँग जोड्ने उद्देश्यले कृषि विज्ञबाट प्रशिक्षण दिइने भएको छ… विस्तृतमा
August 29, 6:00
काठमाण्डौं,१२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना (एमसीसी) नेपालको सदनबाट पास गर्दा गरिएको १२ बुँदे घोषणालाई सम्झौताको मूल अंश नबनाइए आफूहरुका लागि सडकमा उत्रिने बाटो खुल्लै रहेको बताएका छन्।
समाजवादी मोर्चाले बुटवलमा मंगलबार गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा मंगलबार नै नेपाल आइपुग्ने अमेरिकी अधिकारीसँग आफूले १२ बुँदे घोषणा कार्यान्वयनबारे सोध्ने पनि बताएका छन्… विस्तृतमा
August 29, 2:53
धनगढी। नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको अधिवेशन अगामी असोज २१ र २२ गते गर्ने निर्णय गरेको छ।
एमाले प्रदेश कमिटिको बैठकले असोज २१ र २२ गते गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष दामोदर भण्डारीले इन्फो समाचारलाई जानकारी दिए।
बैठकले २०८० लाई अधिवेशन वर्षका रुपमा मनाउने निर्णय समेत गरेको छ । मंसिर मसान्तभित्र जिल्ला अधिवेशन, माघ मसान्तसम्म पालिका अधिवेशन र चैत मसान्तसम्म वडा अधिवेशन सम्पन्न गर्न… विस्तृतमा
August 29, 2:52
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक निर्धारित मितिबाट दुई दिन पर सर्ने भएको छ । असोज २ गतेका लागि बोलाइएको बैठक असोज ४ गते सार्ने तयारी भएको कांग्रेसका एक नेताले बताए ।
उनका अनुसार असोज २ मा ऋषि पञ्चमी र असोज ३ मा संविधान दिवस परेकाले बैठक दुई दिन पछि सार्ने तयारी भएको हो । ‘पर्व र संविधान दिवसले गर्दा असोज ४ गते बैठक बस्छ’, ती नेताले भने ।
साउन १० मा केन्द्रीय समिति बैठक… विस्तृतमा
August 28, 8:32
धनगढी,११ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ( प्रचण्ड) धनगढी आउँदै छन । यहीँ भदौ महिनाको १३ गते धनगढीमा प्रदेशस्तरीय सभा हुने भएको हो। धनगढीमा चार दल सम्मिलित समाजवादी मोर्चाको प्रदेशस्तरीय सन्देश सभा हुने भएको छ।
सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष… विस्तृतमा
August 27, 11:40
काठमाडौं,१० भदौ। नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ ।
राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ ।
कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो । उक्त समूहबाट जीवन परियारमात्रै परेका छन् । दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई… विस्तृतमा
August 26, 2:45
काठमाण्डौं,०९ भदौ । नेकपा (एमाले) को शनिबार सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ ।
धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए ।
उक्त बैठकमा सहभागी हुने भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार नै विराटनगर गएका थिए । ‘बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या… विस्तृतमा
August 23, 10:00
काठमाडौं, ६ भदौ । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सरकारले विभिन्न प्रकरणको सत्यतथ्य छानविन नगरी स्टन्टबाजीमात्रै गरेको आरोप लगाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार प्रकरणमा सरकारले जरासम्म पुग्ने तागत राख्न आवश्यक रहेको बताएका हु्न् ।
‘स्टन्टबाजी होईन । गहिरो जरासम्म पुग्ने तागत राख्नुस् । आँट गर्नुस्, जे सत्य हो त्यो कुरा बाहिर… विस्तृतमा
August 23, 9:54
काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बित भएको छ ।
नक्कली शरणार्थी प्रकरणमा राज्य विरुद्धको ठगी तथा संगठित अराध मुद्दाको अनुसन्धानमा रहेका रायमाझीलाई प्रतिनिधि सभाको आज (बुधबार) बसेको बैठकले निलम्बन गरेको हो ।
रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख ३१ गते पक्राउ परेका थिए । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले… विस्तृतमा
August 23, 3:43
धनगढी,०६ भदौ । नेपाली काँग्रेस कैलालीको प्रवक्तामा प्रेम राज भट्टलाई मनोनित गरिएको छ ।
कैलाली काँग्रेसका सभापति नारायण दत्त भट्टले पार्टीको बिधान २०१७ संशोधनमा बसी जिल्ला कार्यसमिति सदस्य भट्टलाई मनोनित गरेको पार्टी सचिब नृप बहादुर सुनारले जानकारी दिए ।