राजनीति
August 23, 10:58
धनगढी,०६ भदौ । कैलालीको धनगढीमा नेपाली काँग्रेस क्षेत्र नम्बर ५ को शनिबार क्षेत्रिय भेला भइरहेको थियो । भेला शुरु नहुँदै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता विनय चोखालले भित्तामा टाँगिएको ब्यानर च्यात्नुका साथै कुर्सी टेवल फाँले । उनको विद्रोहका कारण कार्यक्रम तोकिएको समयमा शुरु भएन् ।
नेपाल विद्यार्थी संघमा केन्द्रिय सदस्य मनोनित गर्दा पार्टीले केही नेताहरुमाथि अन्याय गरेको… विस्तृतमा
August 22, 5:33
काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज मङ्गलवार पनि बस्दै नबसी स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित भएको हो ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरेर नेकपा एमालेले गएको साउन १० गतेदेखि निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । हिजो सोमवार राति सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएपछि आज संसद् खुल्ने अनुमान थियो ।
सङ्घीय संसद्का… विस्तृतमा
August 22, 2:59
काठमाडौं,०५ भदौ । नेपाली कांग्रेसले दोस्रो चरणको अभियान स्थगित गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीले दोस्रो चरणको अभियान स्थगित गर्ने निर्णय गरेको हो ।
भदौ १० देखि २४ सम्मका लागि नागरिक र समुदायसँग प्रत्यक्ष जोडिने गरि अभियान गर्ने पार्टी केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो ।
‘वर्षाको समयले गर्दा अभियान स्थगित गर्ने निर्णय गरिएको छ,’ सहमहामन्त्री बद्री… विस्तृतमा
August 22, 1:01
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बिहान ११ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।
बैठकमा २० देखि ३० साउनसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा, दोस्रो चरणको अभियानको छलफल हुने भएको छ । नागरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रमसहित भदौ १० देखि २४ सम्मको दोस्रो चरणको अभियान घोषणा गरिएको छ ।
देउवा निवास धुम्बाराहीमा बस्ने पदाधिकारी बैठकमा… विस्तृतमा
August 22, 12:55
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी छैनन् ।
राष्ट्रपति राजनीतिक रुपमा सक्रिय जस्तो देखिएकाले बैठकमा नगएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । ‘संसदको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीले नै पहल गरिराख्नु भएको छ । फेरि त्यही… विस्तृतमा
March 05, 5:57
अछाम - नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रम अन्तर्गत अछाममा विवाद उत्पन्न भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनदेखि नै दुई पक्षबीच देखिएको एमाले अछामको विवाद झन् चर्किँदै गएको छ ।
प्रतिनिधिसभा सदस्यको लागि नेकपा एमाले अछामले क्षेत्र नम्बर –१ बाट एकल नाम सिफारिस गर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई टिकट नदिएपछि उनी निकट कार्यकर्ताले साँफेबगरमा ओलीविरुद्ध… विस्तृतमा
January 08, 2:44
धनगढी – सुदूरपश्चिममा सरकार गठनका लागि प्रदेश प्रमुखबाट २७ गतेको समय सीमा दिइएको छ । त्यसको कसरतमा दलहरू अघि बढेका छन् । प्रदेश सभाको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्न परामर्श थालेको छ ।
आइतबार पार्टी प्रदेश कार्यालयमा सुदूरपश्चिम प्रदेश कार्यवाहक सभापति लोकराज अवस्थीको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि परामर्श… विस्तृतमा
November 14, 6:19
कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरमा आर्थिक अनियमितताको उजुरीपछि कागजपत्र माग गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले शुक्रबार नगरपालिकालाई पत्राचार गर्दै भीमदत्त नगरपालिकाकासँग कर्मचारी र सल्लाहकार नियुक्त सम्बन्धि विवरण माग गरेको हो।
अख्तियारले पत्राचार गर्दै स्वीकृत दरबन्दी विवरण, नगरकार्यपालिकाबाट नियुक्त गरिएका कर्मचारी विवरण, नियुक्ति प्रक्रिया, सेवासुविधा,… विस्तृतमा
November 14, 6:14
दार्चुला - दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक अवरुद्ध गरेका छन्। आफ्ना कार्यकर्तालाई नेकपा एमालेका कार्यकर्ताले कुटेको भन्दै दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका हुन्।
गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेका प्रहरीले जनाएको छ। नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको… विस्तृतमा
November 14, 6:11
डोटी - डोटीबाट लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार बनेका पूर्वमन्त्री प्रेमबहादुर आलेले आफु विकास गर्ने नेता भएकाले सरकारी सम्पतीमा गिद्धे नजर लाउनेलाई म पानी मुनी गएपनि नछोड्ने बताएका छन्। डोटीको बोगटान फुड्सिल गाउँपालिका केदार अखडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले डोटीको विकास र डोटेली जनताको खुशी र समृद्धि बाहेक अन्य आफ्नो… विस्तृतमा
August 16, 7:49
धनगढी ३१ साउन – नेपाल समाजवादी पार्टी सुदूरपश्चिमको भेला सम्पन्न भएको छ । भेलाले ९९ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । जनता समाजवादी पार्टीबाट अलग भएपछि बाबुराम भट्टराई तथा महेन्द्र राय यादव नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन भएको थियो ।
पार्टी पुनर्गठन प्रदेश भेलाले मीन राज बडूको अध्यक्षतामा ९९ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । पार्टीको प्रदेश उपाध्यक्षमा हरि प्रसाद तिमिल्सीना, विनोद चन्द,… विस्तृतमा
August 04, 3:15
काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।
June 11, 9:53
धनगढी २७ जेठ - नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो कार्यकाल पूर्ण सफल बनाउन कटिबद्ध भएर लाग्न निर्देशन दिएका छन् । शुक्रबार प्रदेश पार्टी कार्यालयमा आयोजित स्थानीय तहमा काङ्ग्रेसबाट निर्वाचित प्रदेशभरिका नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई गरिएको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै सभापति बलायरले सो… विस्तृतमा
June 07, 1:58
धनगढी २४ जेठ -
नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिले स्थानीय तहको निर्वाचनमा विजयी भएका ९ वटै जिल्लाका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने भएको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँग आगामी रणनीति तथा पार्टीको घोषणा पत्र अनुसार जनमुखी कार्यसम्पादन गर्न निर्देशन जारी गर्ने गरी अन्तरक्रिया गर्न लागिएको हो ।
जेठ २७ गते धनगढीमा नव निर्वाचित… विस्तृतमा
June 04, 3:00
डडेल्धुरा, २१ जेठ । जिल्ला समन्वय समिति डडेल्धुराको संयोजकमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन् । संयोजकका लागि भण्डारीकोमात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको मुख्य निर्वाच अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्ला समन्वय समितिको संयोजकमा निर्विरोध भएका भण्डारी नेपाली काङ्ग्रेसका नगर उपसभापति हुन ।
उनी, अमरगढी नगरपालिका–७ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।… विस्तृतमा