kagendra

डडेल्धुरा जिसस संयोजकमा नेपाली कांग्रेसका भण्डारी निर्विरोध निर्वाचित

June 04, 3:00

डडेल्धुरा, २१ जेठ । जिल्ला समन्वय समिति डडेल्धुराको संयोजकमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन् । संयोजकका लागि भण्डारीकोमात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको मुख्य निर्वाच अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्ला समन्वय समितिको संयोजकमा निर्विरोध भएका भण्डारी नेपाली काङ्ग्रेसका नगर उपसभापति हुन ।

उनी, अमरगढी नगरपालिका–७ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । उपप्रमुखमा पनि कांग्रेसकै अमृताकुमारी ठडाली मगर निर्विरोध निर्वाचित भएकी छन् । उनी आलिताल–७ बाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । जिसस समितिका लागि शुक्रबार निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत  हरिप्रसाद शर्मा उपाध्यायले जानकारी दिए । 

यसैगरी, जिसस सदस्यमा लीलाकुमारी धामी, गणेशसिंह धामी, प्रकाशदत्त भट्ट, सुनिता विक, टेकबहादुर धानुक बसन्तीदेवी भूल र संजय जैरू पनि निविरोध चयन भएका छन् । उम्मेदवारहरू निर्विरोध चयन भए पनि औपचारिक घोषणा भने २२ गते हुने मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ । 

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

रेशम चौधरीको कैद माफीविरुद्धको रिटको पेसी स्थगित
काठमाडौं । टीकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरीको कैद माफीविरुद्धको रिटको पेसी स्थगितको सूचीमा… विस्तृतमा
२०८४ को चुनावमा एक सिट पनि दिन्नौँ : रवि लामिछाने
काठमाडौं /  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा अन्य पार्टीलाई एक सिट पनि… विस्तृतमा
६ वर्ष नपुग्दै प्रदेशमा २८ मुख्यमन्त्री नियुक्त, सबैभन्दा धेरै…
काठमाडौं / गत असोज २७ गते कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त भए- केदार कार्की। सो प्रदेशमा मध्यावधि… विस्तृतमा
कोशीका मुख्यमन्त्री केदार कार्कीले मागे विश्वासको मत
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् । बुधबारकाे प्रदेशसभा… विस्तृतमा