बालेनलाई  उच्च अदालतको आदेश राप्रपाको भवन तत्काल नभत्काउ

August 31, 6:51

काठमाण्डौं,१४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भवन तत्काल नभत्काउन उच्च अदालत पाटनले आदेश जारी गरेको छ।

निवेदक प्रभा चापागाईंले दायर गरेको रिटमा न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले बिहीबार आदेश जारी गर्दै तत्काल नभत्काउन भनेको हो। 

राप्रपा कार्यालय भत्काउने तयारीसहित काठमाडौं महानगरको टोली गत साउन १५ गते डोजरसहित पुगेको थियो। 

तर, यसबारे कानूनको प्रकृया बिना भत्काउदा निवेदिकाको साम्पत्तिक हकमा असर परी अपूर्णिय क्षति पुग्ने देखिंदा अन्तरिम छलपलको मितिसम्म उक्त घरलाई असर पर्नेगरी कुनै काम नगर्न आदेश जारी भएको हो।

‘निवेदन दाबीमा उल्लेखित कि.नं. ७०७ को जग्गा र सो जग्गामा निर्मित घर समेत निवेदिकाको हकको भई हाल राप्रपा कार्यालय रहेको भन्ने देखिएको हुँदा उक्त घरजग्गा निवेदिकाको सहमति तथा कानुनी प्रकृयाबिना भत्काउँदा निवेदिकाको साम्पत्तिको हकमा असर परी अपूर्णिय क्षति पुग्ने देखिँदा अन्तरिम छलफलको मितिसम्म उक्त जग्गा र जग्गामा निर्मित घरलाई असर पर्ने गरी कुनै पनि कार्यवाही नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरुको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरी दिएको छ,’ उच्च अदालतले भनेको छ।

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा