माओवादीले अभियानलाई कृषि उत्पादनसँग जोड्ने

August 31, 6:36

डोटी,१४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भदौ १६ गतेदेखि देशव्यापी रूपमा सञ्चालन गर्ने तीन महिने रूपान्तरण अभियानलाई प्राकृतिक कृषि उत्पादनसँग जोड्ने भएको छ । 

तीन महिने विशेष रूपान्तरण अभियानका सन्दर्भमा डोटी सदरमुकाम सिलगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा  जानकारी दिइएअनुसार पार्टी कार्यकर्ता र जनतालाई उत्पादनसँग जोड्ने उद्देश्यले कृषि विज्ञबाट प्रशिक्षण दिइने भएको छ । 

पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शरदसिंह भण्डारीले नेता र कार्यकर्ता जनतासँग जोडिनका लागि केही उत्पादनका कामहरू पनि गरिनुपर्छ । आयातमा निर्भर रहेको कृषि अर्थतन्त्रलाई टेवा दिनुपर्छ भन्ने उद्देश्यले विशेष रूपान्तरण अभियानका क्रममा प्राकृतिक कृषि अभियानलाई पनि सँगै लगेर जाने योजना रहेको बताए ।

केन्द्रीय सदस्य भण्डारीले भए, ‘देशभरि नै प्राकृतिक कृषि प्रणालीमा कृषि अर्थतन्त्रलाई लैजानुपर्छ भनेर यस वर्षको सरकारी बजेटले पनि भनेको छ । बजेटले भनिसकेपछि पार्टीको कार्यक्रम पनि त्यहीअनुसार अगाडि बढाइएको हो । 

पार्टीको केन्द्रीय योजनाअनुसार नेकपा (माओवादी केन्द्र) डोटीले जिल्लाका ६५ वटा वडामा विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने भएको हो । जनता र माओवादीको सम्बन्ध टुट्दै गएको महसुस भएका कारण जनताले अपेक्षा गरेअनुसारका काम गर्नका लागि फेरि एक पटक जनताकाबीचमा गएर रूपान्तरण अभियान सुरु गरिएको नेकपा (माओवाली केन्द्र) डोटी जिल्ला इन्चार्ज लक्षिराम आचार्यले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा