स्वास्थ्य-सौन्दर्य
January 21, 3:43
धनगढी ७ माघ/सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय शुक्रबारदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ ।
आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा… विस्तृतमा
January 20, 5:10
धनगढी,६ माघ / तेस्रो लहरको कोरोना संक्रमणको सुरुवातदेखि संक्रमण ग्राफ बढ्दो रहेको सुदूरपश्चिममा कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना हुने दर भने कम रहेको छ । बढीजसो संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेका कारण संक्रमित अस्पताल भर्ना हुने दर कम रहेको हो । दोस्रो लहरको कोरोना संक्रमणको बेला भने अस्पताल भर्ना हुने दर उच्च रहेको थियो । यसैगरी, संक्रमितको स्वास्थ्य जटिलता हुने, शरिरमा अक्सिजन… विस्तृतमा
January 20, 2:02
बैतडी, ६ माघ / एक साताअघि बैतडीको दशरथचन्द नगरपालिका—४ की एक महिलालाई बी पोजिटिभ रगत चाहिने भयो । २५ वर्षकी गर्भवती उनी बच्चा खेर गएर उपचारका लागि अस्पताल पुगेकी थिइन् । अस्पताल पुग्दा उनको शरीरमा जम्मा ५ प्रतिशत मात्र रगतको मात्रा रहेको स्वास्थ्यकर्मीले बताए । उनलाई तत्काल रगत आवश्यकता परेको थियो । समयमै रगत नपाउँदा ज्यानै जोखिममा पर्ने अवस्था थियो । तर रगतको जोहो गर्न निकै सकस पर्यो ।
बिरामी… विस्तृतमा
January 19, 5:22
काठमाण्डाै – सरकारले कोरोना संक्रमण भएकाे छ-छैन भनेर जाँच्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । यस अघि सरकारी प्रयोगशालाबाट लिइँदै आएको एक हजार रुपैयाँ शुल्कलाई समायोजन गरेर आठ सय रुपैयाँ कायम गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार पाँच सय रुपैयाँ मात्र लिन पाउने भएका छन् । यस अघि सरकारले निजी प्रयोगशालाका लागि बढीमा दुई… विस्तृतमा
January 19, 3:59
बैतडी,५ माघ / पछिल्लो समय जिल्लामा कोरोना संक्रमित बढ्दै गएका छन्। भारतमा संक्रमण बढ्दै गएकोले यसको प्रभाव यहाँ पनि परेको हो। स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टकाअनुसार प्रदेशको पहाडी जिल्लामध्ये सबैभन्दा बढी जोखिममा बैतडी छ। उनले भने,“भारतसँग सीमा जोडिएकोले जिल्ला पनि उच्च जोखिममा छ।” हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४६ पुगिसकेका छन्।
कार्यालय स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार… विस्तृतमा
January 19, 1:34
धनगढी,५ माघ / कैलालीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ६३ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएकोमा १ सय ६६ संक्रमित थपिएका हुन ।
जुन संक्रमण दर ६३ प्रतिशत हो । पछिल्लो केही दिन यता सेतीमा कोरोनाको संक्रमण दर पनि बढ्दै जान थालिएको छ । मंगलबार आज भन्दा बढी १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएपनि… विस्तृतमा
January 19, 10:54
धनगढी , ५ माघ / सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ।
सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ।पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ।
त्यसैले अब खोप कार्ड हराए के गर्ने तरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले… विस्तृतमा
January 19, 10:37
डोटी ५ माघ / सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्न थालेको छ । गएको चार दिनमा एक हजार तीन सय जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले सार्वजनिक गरेको विवरण अनुसार माघ १ गते देखि मंगलवार सम्म परीक्षण गराउने कुल पाँच हजार ७ सय १७ मध्ये एक हजार तीन सय जनामा संक्रमण देखिएको हो ।
सो अवधीमा पीसीआर बिधिबाट परीक्षण गरिएका आठ सय ११ मध्ये चार सय ९३जना अर्थात् झण्डै ६१… विस्तृतमा
January 18, 4:22
काठमाडौं ४ माघ / पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
January 18, 1:52
धनगढी ४ माघ / सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएको छ । पुस अन्तिम साता देखि दैनिक बढीमा एकसय जनामा संक्रमण पुष्टि भइरहेकोमा पछिल्लो समय भने त्यो संख्या वृद्धि भएर दुई सय देखि साढे तीन सय जनासम्म पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार सोमबार मात्र थप ३४५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये १ सय ५४ जना भारतबाट फर्किएका हुन् भने बाँकी विभिन्न जिल्लाका १… विस्तृतमा
January 17, 11:10
डोटी,३ माघ / भारतबाट घर फर्कने क्रममा केआईसिंह गाउँपालिका–६ का वीरभान तिरुवा ९नाम परिवर्तन० को महाकाली अस्पताल कञ्चनपुरमा एन्टिजेन परीक्षण भयो । नतिजा पोजिटिभ आएपछि उनी सोझै घर पुगे । घरमा छुट्टै बसेको र स्वास्थ्यमा कुनै समस्या देखा नपरेको तिरुवाको दाबी छ । तर, उनी संक्रमित भएको तथ्यांक न गाउँपालिकाले राखेको छ न स्वास्थ्य कार्यालय डोटीले ।
पछिल्लो समय उनी कुनै पनि सरकारी संयन्त्रको निगरानीमा… विस्तृतमा
January 16, 1:23
धनगढी २ माघ \ सरकारले आज देखि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गते देखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको थियो ।
सोही अनुसार आज देखि पहिलो चरणमा अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने… विस्तृतमा
January 14, 2:21
बैतडी, ३० पुस/ भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ। कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ।
गृहमन्त्रालयको निर्देशनअनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड… विस्तृतमा
January 14, 12:11
धनगढी,३० पुस / धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ६६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १२१ नमुना पिसिआर विधिबाट परीक्षण गर्दा थप ६६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै २४ घण्टामा थप ६ जना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् ।
हाल अस्पतालमा १६ जना संक्रमित विरामीको उचार भइरहेको… विस्तृतमा
January 14, 11:52
धनगढी,३० पुस / धनगढी उप-महानगरपालिकाले आज उप(महानगरपालिकाका १३ स्थान बाट कोभिड १९ बिरुद्धको पहिलो र दोस्रो मात्राको जोनसोन र भेरोसेल खोप लगाइने भएको छ ।
कोभिड १९ रोकथाम र नियन्त्रणको लागि विभिन्न चरणमा खोप अभियान सञ्चालन गर्ने क्रममा उपमहानगरपालिकाले जोनसोन र भेरोसेल खोप लगाउने भएको हो ।
खोप वितरण बिहान १० बजे देखि ४ बजे सम्म वितरण गरिनेछ भने उप(महानगरपालिकाको पिसिआर गर्ने ठाउँबाट भने… विस्तृतमा