कोरोना अपडेट : २४ घण्टाको संक्रमणदर ६३ प्रतिशत बढी

news
news
January 19, 1:34

धनगढी,५ माघ / कैलालीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ६३ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएकोमा १ सय ६६ संक्रमित थपिएका हुन ।

जुन संक्रमण दर ६३ प्रतिशत हो । पछिल्लो केही दिन यता सेतीमा कोरोनाको संक्रमण दर पनि बढ्दै जान थालिएको छ । मंगलबार आज भन्दा बढी  १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएपनि संक्रमण दर भने आजभन्दा कम ६० प्रतिशत मात्रै रहेको थियो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन भने ४ संक्रमित नै डिस्चार्ज भएका छन । यो संगै हाल अस्पतालमा कोरोना उपचाररत बिरामीको संख्या १८ रहेको छ । जसमध्ये २ जनाको आईसियुमा उपचार भइरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा