कञ्चनपुरको पुनर्वासका सीमामा विद्युतीय तारबारको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

news
news
November 20, 1:27

पुनर्वास: शुक्रबार फियान नेपाल नामक संस्थाको समन्वयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। 

पुनर्वास नगरपालिकामा वर्षेनी जंगली हात्तीको आतंकबाट स्थानीयले भोग्नुपरेको समस्या निराकरण गर्न विद्युतीय फेन्सी तारबारको माग गर्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएको संस्थाका प्रदेश संयोजक मुकुन्द राणाले बताए। 

संस्थाले पुनर्वास नगरपालिकाको सिफारिसमार्फत नगरपालिकाको वडा नम्बर ९ बिचफाटादेखि ७, ८, १० र ११ नम्बर डोकेबजारसम्मको सीमा क्षेत्रमा विद्युतीय फेन्सी तारबारका लागि अनुमानित लागत रकम ७७ लाख ८० हजार बराबर माग गरेको छ। 

मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाउँदै पुनर्वास -९ का वडाध्यक्ष नारायणप्रसाद जैशीले जंगली हात्तीलाई रोक्न नेपाली भूमीमा विद्युतीय तारबार लगाउँदा भारतीय एसएसबीले ज्यादती गर्दै तारबार फालेको बताए। आफूहरुको बारम्बारको संघर्षका विषयमा सरकार बेखबर हुँदा सो समस्या अहिलेसम्म ज्युको त्यु रहेको उनले बताए।

ज्ञापनपत्रमा प्रदेशको वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक तथा पुर्वाधार विकास मन्त्रालयलाई बोधार्थ गरिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा