‘पालिकामा सोचेजस्तो गर्न सकिएन’

news
news
November 21, 2:21

अछाम — अछामको चौरपाटी गाउँपालिका–४ की माया कुँवर ५ वर्षअघि महिलाका क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक संस्थामा आबद्ध थिइन् । ग्रामीण सहजकर्तादेखि गाउँका महिलाको आवाज बुलन्द गर्न उनी जहिल्यै अग्रपंक्तिमा खटिएर काम गर्थिन् । गाउँमा उनको सक्रियता देखेर स्थानीय तहको निर्वाचन २०७४ मा कांग्रेसले चौरपाटी गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनायो । कांग्रेसका अध्यक्ष पदका उम्मेदवारले हारे भने उपाध्यक्षमा कुँवरले जितिन् ।

चौरपाटीमा एमालेका हर्क साउँद अध्यक्ष भए । उनीसंगै उपाध्यक्ष कुवरले पाच वर्षको कार्यकाल सुरु गरिन् । कार्यकाल सकिने लाग्दा उनी आफ्नो काम प्रति सन्तुष्ट छैनन् । पहिले पार्टी भन्दा धेरै गाउँका सामाजिक अभियानका सक्रिय भएकी मायाका लागि राजनीति पनि नयाँ थियो भने जनप्रतिनिधिको भूमिका पनि नयाँ थियो । ‘मैले धेरै ठूला योजना र केही गर्न सक्छु भन्ने आश बोकेर राजनैतिक मैदानमा आएकी थिए, गाउँपालिका उपाध्यक्ष जित्दासम्म पनि ममा काम गर्ने उत्साह थियो‘ उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘गाउँपालिका उपाध्यक्ष पद मात्रै पाएँ । काम गर्न सकिएन । योभन्दा धेरै काम जनप्रतिनिधि हुनुभन्दा अगाडि सामाजिक संस्थामा गरेकी थिएँ । गाउँका दिदीबहिनीका आवाजलाई बाहिर ल्याउन सकेकी थिएँ ।‘

महिला उपाध्यक्ष भएकै कारण पुरुष जनप्रतिनिधि मात्रै नभएर कर्मचारीले समेत नर्टेर्ने गरेको उनको अनुभव छ । ‘कुनै पनि काम गर्ने योजना बनाउँदा कर्मचारीले नै अविश्वास गर्छन् । हरेक समयमा म काम गर्न सक्छु भनेर प्रमाणीत गर्नु पर्ने हुन्छ,’ उनले भनिन्, ‘गाउँमा महिलाका कति समस्या छन् । महिला उपाध्यक्ष छ भनेर कति महिलाले आशा बोकेका छन् । तर, कार्यपालिकामा महिलाका कुनै कार्यक्रम गरौं भनेर प्रस्ताव गर्दा तपाई महिलाको मात्रै उपाध्यक्ष हो र भन्दै कर्मचारी र जनप्रतिनिधि ए आवाज उठाउँछन् ।’

स्थानीय तहमा योजना अनुगमनको जिम्मा उपाध्यक्षलाई छ । गाउँपालिकाका योजना अनुगमन गर्न जाँदा सवारी साधनको समेत समस्या हुने गरेको उनको गुनासो छ । आफूले अनुगमन गरेका योजनामा समेत कर्मचारी र अन्य जनप्रतिनिधिले अविश्वास गर्ने गरेको उनले सुनाइन् ।

फरक फरक पार्टीका अध्यक्ष र उपाध्यक्ष भएकाले उनलाई पार्टीले घोषणा पत्र बनाउँदाका चुनावी एजेन्डालाई पनि कार्यान्वयन गर्नु पर्ने दबाब र चुनौती दुवै छन् । ‘पार्टीले घोषणा पत्र बनाउँदा पाँच वर्षमा गर्ने कामको खाका तयार पारेको छ । ती कुनै पनि विषयमा प्रवेश गर्न सकिएन । पार्टीबाट उम्मेदवार भएर जित्ने भने जस्तो काम केही नगर्ने भनेर पार्टी नेतृत्वलेसमेत थर्काउँछन्,’ उनले भनिन्, ‘न गाउँका महिला दिदीबहिनीले सोचे जस्तो गर्न सकियो । न त पार्टीको घोषणा पत्र बमोजिम काम गर्न सकियो । अब कार्यकाल सकिन लाग्यो । केही काम गर्न नसकेकोमा छट्पटी हुन्छ । कति रात निदाउनसमेत सकेकी छैन् ।’

अछामको विकट ढकारी गाउँपालिका–२ हिच्माकी लक्ष्मी साउँद अलिअलि सामाजिक काममा सक्रिय भएकी महिला हुन । सामान्य परिवारमा हुर्केकी लक्ष्मीको पढाइलेखाइ खासै छैन । तर उनलाई स्थानीय तह २०७४ को चुनावमा कांगेस्रले उपाध्यक्षको उम्मेदवार बनायो । उक्त पालिकामा कांग्रेसले जित्यो । आफ्नै पार्टीका अध्यक्षसहितको टिम गाउँपालिकामा भएकाले सिक्दै काम गर्न सक्ने उनमा विश्वास थियो । तर पाँच वर्षे कार्यकाल सकिनै लाग्दा उनले सोचे जस्तो केही गर्न सकिनन् ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा