सुदूरपश्चिममा ४ दिनमा १३ सय संक्रमित

ss
ss
January 19, 10:37

डोटी ५ माघ /  सुदूरपश्चिममा कोरोना संक्रमण दर  बढ्न थालेको छ । गएको चार दिनमा एक हजार तीन सय जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले सार्वजनिक गरेको विवरण अनुसार माघ १ गते देखि मंगलवार सम्म परीक्षण गराउने कुल पाँच हजार ७ सय १७ मध्ये एक हजार तीन सय जनामा संक्रमण देखिएको हो ।

सो अवधीमा पीसीआर बिधिबाट परीक्षण गरिएका आठ सय ११ मध्ये चार सय ९३जना अर्थात् झण्डै ६१ प्रतिशतमा संक्रमण देखिएको हो । यस्तै सो अवधीमा एन्टिजेन बिधिबाट परीक्षण गरिएका चार हजार नौ सय ६ जनामध्ये एक हजार आठ सय सात अर्थात् १६।४४ प्रतिशतमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।

निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलवारमात्रै चार सय ८८ जनामा संक्रमण देखिएको छ । पीसीआर बिधिबाट परीक्षण गरिएका तीन सय ९५ जनामध्ये दुई सय ५७ जनामा संक्रमण देखिएको हो । यस्तै मंगलवार एन्टिजेन गरिएका एक हजार एक सय ४१ मध्ये तीन सय ४१ जनामा संक्रमण देखिएको छ ।

सोमबार भएको परीक्षणमा तीन सय ४५ जनामा संक्रमण देखिएको छ । पीसीआर विधिबाट परीक्षण गरिएका एक सय ८५ मध्ये एक सय तीन जनामा संक्रमण देखिएको हो । यस्तै एन्टिजेन विधिबाट परीक्षण गरिएका एक हजार ९० जनामध्ये दुई सय ४२ जनामा संक्रमण देखिएको हो ।

आइतबार पीसीआर विधिबाट परीक्षण गरिएका २० जनामध्ये सात जनामा संक्रमण देखिएको छ । एन्टिजेन परीक्षणबाट परीक्षण गरिएका एक हजार चार सय ४७ मध्ये एक सय ७७ मा संक्रमण देखिएको थियो ।

शनिबार गरिएको पीसीआर परीक्षणमा दुई सय २१ मध्ये एक सय २६ जनामा संक्रमण देखिएको छ । यस्तै एन्टिजेन विधिबाट परीक्षण गरिएका एक हजार दुई सय आठमध्ये एक सय ५७ जनामा संक्रमण देखिएको थियो ।

चार दिनमा दुई जनाको मृत्यु

माघ महिनाको पहिलो चार दिनमा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण दुई जनाले ज्यान गुमाएका छन् । आइतबार खप्तड छेडेदह गाउँपालिका २ बाजुराका ५२  बर्षिया एक पुरुषको होम आइसोलेसनमा रहेका बेला मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै शनिबार कैलालीको कैलारी गाउँपालिका ५ की एक महिलाको सेती प्रादेशिक अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको छ ।

चार लाख ५५ हजारमा परीक्षण

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो चरणको संक्रमण सुरु भएदेखि हालसम्म चार लाख ५५ हजार ६९ जनामा कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ५१ हजार दुई सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म पीसीआर विधिबाट परीक्षण गरिएका दुई लाख १३ हजार आठ सय १२ मध्ये ३९ हजार दुई सय दुई जनामा संक्रमण देखिएको छ । यस्तै एन्टिजेन विधिबाट परीक्षण गरिएका दुई लाख ४१ हजार दुई सय ५६ मध्ये १२ हजार तीन सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिममा हालसम्म ६ सय १६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएका दुई सय ४६ र पीसीआर विधिबाट संक्रमण पुष्टि भएका तीन सय ७० जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा