सुदूरपश्चिम स्पोर्टस अवार्ड : मुख्य प्रर्वद्धक सामाजिक विकास मन्त्रालय

Samajik
Samajik
December 30, 8:41

धनगढी, पौष १४ – 

पुस १५ गते मंगलवार धनगढीमा आयोजना हुने प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७६ को मुख्य प्रर्वद्धक सामाजिक विकास मन्त्रालय हुने भएको छ। मन्त्रालयले पहिलो पटक आयोजना हुन लागेको अवार्डमा मुख्य प्रवद्र्धकका रुपमा सहयोग गरेको हो।

यस्तै भोली हुने अवार्ड कार्यक्रममा प्रमुख अतिथी समेत सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी रहने कार्यक्रम तय भएको आयोजक खेलकुद पत्रकार मञ्चका कोषाध्यक्ष हरि जोशीले बताए। आयोजकले अवार्डको तयारी समेत पूरा भएको जनाएको छ।

अवार्डका लागि खेलाडीहरु धनगढी पुग्ने क्रम सुरु भईसकेको छ भने अन्य आन्तरिक तयारी पनि पूरा भएको खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। उनले भोली दिउसो २ बजेदेखि धनगढीको ओम प्यालेसमा अवार्ड कार्यक्रम सुरु हुने बताए।

अवार्ड कार्यक्रम झण्डै तीन घण्टा सञ्चालन हुनेछ। त्यसमा विभिन्न सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु पनि समावेश गरिनेछन् भने प्रवेश निशुल्क छ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा