प्रधानमन्त्रीलाई धनगढीका मेयरको पत्रः ‘पश्चिम सेती कहिले बन्छ ?’ 

Nirpa Oad
Nirpa Oad
March 15, 1:54

धनगढी, चैत्र २ – 
पत्रको सबैभन्दा माथिल्लो भागमा लेखिएको छ, ‘हिजो आशा म¥यो, आज जवानी मर्दै छ, भोलि सपना मर्ने छ ।’ त्यसपछि पत्रमा प्रश्न छ, ‘आश्वासनका २८ वर्ष, पश्चिम सेती कहिले बन्छ ?’
...
...
...
पत्रको अन्त्यमा लेखिएको छ, ‘बोलन्या थली’   
डोटेली भाषामा लेखिएको ‘बोलन्या थली’ अर्थात् बोल्ने थलो, गुनासाहरूको बिसौनी । वर्षौँदेखि अलपत्र पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि दबाब दिइरहेको ‘बोलन्या थली’ नामक संस्थाले थालेको अभियान अन्तरगत प्रधानमन्त्रीलाई बुझाउन लागेका १ लाख पत्रहरूको केही अंश हो यो । 
यसरी पश्चिम सेती निर्माणको अन्यौलनले प्रभावित बनेको सुदूरपश्चिमको विकास र समृद्धि तथा त्यसको निर्माणका लागि दिइएका आश्वासनहरू पुरा नभएको गुनासाहरू सम्बोधनको माग राखेर युवाहरू दबाबमूलक अभियानमा छन् । 
७ सय ५० मेघा वाटको पश्चिम सेती निर्माण बारे तत्काल पहलकदमी होस् भनेर थालिएको उक्त अभियानमा धनगढीमा आयोजित एक कार्यक्रममा शनिवार धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले पनि एक्वेवद्धता जनाए । उनले अहिले जारी पत्र सङ्कलन अभियानलाई सघाउ पुगोस् भनेर शनिवार ३१ हजार आर्थिक सहयोगको घोषणा र जनताको सेयरबाट आयोजना सफल बन्न सक्ने भए आफूले धनगढी उपमहानगरपालिकाका तर्फबाट ३ करोडसम्म सेयर दिन तयार रहेको बताए । 
यस्तो छ मेयरले प्रधानमन्त्रीलाई पठाएको पत्रः

Nirpa Oad

पश्चिम सेती निर्माण बारे उनी जस्ता अन्य थुप्रै युवाहरू छन् जसले पश्चिम सेती बन्नुपर्छ भनेर अभियानलाई सघाइरहेका छन् । तीनै मध्यका एक सामाजिक अभियन्ता देवेन्द्र जोशीले पनि शनिवार उक्त अभियानलाई आफ्नो जन्मदिनको अवसरमा पारेर १० हजार नगद सहयोग गरेका थिए । 
बोलन्या थलीले अहिले पश्चिम सेती जलविद्युत आयोजना छिटो बनाउन माग गर्दै दबाबमूलक कार्यक्रम स्वरूप सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा पत्रमञ्जुसा राख्ने र ‘पश्चिम सेती कहिले बन्छ ? भनेर प्रश्न गरिएका पत्रहरू प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । बोलन्या थली धनगढी अभियानका संयोजक यादव जोशीले पश्चिम सेती सपनाका एक लाख चिठीहरू पत्रमञ्जुसामा सङ्कलन गरी प्रधानमन्त्रीलाई दिने अभियानमा आफूहरू रहेको बताए । 

बोलन्या थलीले थालेको दबाबमूलक अभियानमा युवाहरूको सहभागिता र सक्रियता बढ्दै गएको धनगढीका स्थानीय युवा तथा पत्रकार प्रदीप पाठकले बताए । सुदूरपश्चिमको विकास, समृद्धि सँग मात्रै नभएर मुलुककै विकास समृद्धिसँग जोडिएको पश्चिम सेती निर्माणका लागि सरकारले तत्काल पहल कदमी चाल्न आवश्यक रहेको उनले बताए । 

Pradeep Pathak

पश्चिम सेती जलविद्युत आयोजना छिटो बनाउन माग गर्दै दबाबमूलक कार्यक्रम गर्दै आएको बोलन्या थलीले यस अघि काठमाण्डौंमा कचौरा आन्दोलन, कीर्तिपुरमा सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरेको थियो । 
वर्षौँदेखि अलपत्र पश्चिम सेतीबारे कुरा उठाउन माग गर्दै यसअघि अभियन्ताहरूले पूर्व प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवासहित सुदूरपश्चिमका सङ्घीय सांसदहरूको ध्यानाकर्षण पनि गराएका थिए ।
अभियान अन्तरगत डोटीमा ७ सय ५० डोकासहित प्रदर्शन र ७ सय ५० नागरिक ७ सय ५० मिनेट अनशन बस्ने कार्यक्रम पनि रहेको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा