नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा कोरोनाबाट पहिलोपटक २५ वर्षीय युवकको मृत्यु, भारतमा मर्ने ३८ पुगे

Corona
Corona
April 01, 2:10

लखनऊ: भारतको उत्तर प्रदेश राज्यमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक एक जनाको मृत्यु भएको छ। उत्तर प्रदेश नेपालको कैलाली, नेपालगन्ज, दाङ, रुपन्देहीसम्म सीमा जोडिएको भारतीय राज्य हो।

सोमबार गोरखपुरको बीआरडी मेडिकल कलेजमा मृत्यु भएका २५ वर्षीय युवकको लखनऊको किंग जर्ज मेडिकल युनिभर्सिटी (केजीएमयू)मा स्याम्पल जाँच गर्दा मंगलबार कोरोना भाइरस पोजेटिभ देखिएको हो।

केजीएमयूका प्रवक्ता डा सुधीर सिंहले गोरखपुरमा मृत्यु भएका युवकको स्याम्पल परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताए।

गोरखपुरस्थित बीआरडी मेडिकल कलेजको कोरोना वार्डमा भर्ना भएका ती युवकको पोस्टमार्टम रिपोर्टमा पनि मृत्युको कारण कोरोना संक्रमण नै भनिएको थियो।

युवकको मृत्युपछि स्थानीय प्रशासनले एहतियातन बस्तीमा मृतकको घरसहित आसपासको क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रणमा लिएको बीबीसी हिन्दीले जनाएको छ। मृतकले सम्पर्क गरेका व्यक्तिहरुको खोजी भइरहेको र उनीहरुलाई आइसोलेशनमा राखिने प्रशासनले जनाएको छ। उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ।

भारतमा मर्नेको संख्या ३८ पुग्यो

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। १ हजार ६ सय ३७ जना संक्रमित छन्। १ सय ३२ जना उपचारपछि स्वस्थ भएका छन्।
भारतमा सबैभन्दा बढी महाराष्ट्र राज्यमा १२ जनाको मृत्यु भएको छ। त्यस्तै पश्चिम बंगाल र मध्य प्रदेशमा ६/६ जनाको मृत्यु भइसकेको छ।
दिल्लीमा अर्का डाक्टर पनि कोरोना भाइरसबाट संक्रमित
दिल्लीका स्वास्थ्य मंत्री सत्येंद जैनले दिल्ली स्टेट क्यान्सर इन्सिच्युट्युसनका एक डाक्टर कोभिड-19 की जाँचमा पोजेटिभ देखिएको बताएका छन्। बेलायतबाट आएका आफ्ना भाईसँग भेट्न गएका ती डाक्टरलाई संक्रमण देखिएको हो। संक्रमण देखिएसँगै क्यान्सर अस्पताल बुधवारका लागि बन्द गरिएको छ। अस्पताललाद्ध डिसइन्फेक्टेड गरिँदैछ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा