भारतमा रहेका सुदूरपश्‍चिमका १० जनामा कोरोना संक्रमण पुष्टि

corona
corona
April 10, 5:13

धनगढी, चैत २८ – भारतमा बस्दै आएका सुदूरपश्चिमका १० जनामा कोरोना भाइसर कोभिड १९ को संक्रमण देखिएको छ। भारतमा कोरोनाको संक्रमण बढ्दै गएका बेला त्यहाँ रहेका सुदूरपश्चिमबासीमा पनि संक्रमण देखिएको हो। हालसम्म भारतका दुई राज्यमा रहेका १० जना सुदूरपश्चिमबासीमा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ। कामको सिलसिलामा भारतमा बस्दै आएको सुदूरपश्चिमका दुई परिवारका १० जना सदस्यमा कोरोेना संक्रमण भएको खुलेको हो। 
यसअघि दक्षिण भारतको बेंग्लोरमा बस्दै आएका बझाङका ४५ वर्षीय पुरुष र उनकी ३५ वर्षीया श्रीमतीमा कोभिड–१९ पुष्टि भएको थियो। पहिले श्रीमतीमा कोरोना संक्रमण देखिएको थियो।  उनी एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन्। त्यो परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बेंग्लोर आएकी थिइन्। पछि स्वास्थ्य परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बेंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरिएकोमा स्वास्थ्य परीक्षण रिपोर्टमा बझङकी ती नेपाली महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। ती नेपाली महिलामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले उनका श्रीमान् र चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राखेको थियो। 
स्वास्थ्य परीक्षणमा महिलाका श्रीमानलाई पनि कोरोना भाइरस देखिएको हो। छोराछोरीको रिपोर्ट भने ‘नेगेटिभ’ आएको छ।  यस्तै भारतको मुम्बईमा एकै परिवारका ८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। अछाम चौरपाटी गाउँपालिका–५ लुग्रा स्थाई घर भई मुम्बईमा बसोबास गर्दै आएका ८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको हो। अहिले संक्रमित सबको फरक–फरक अस्पतालमा उपचार भइरहेको जनाइएको छ। कोरोना संक्रमण देखिएपनि आठै जनाको स्वास्थ्य अवस्था सामान्य छ। कोरोना पुष्टि भएको संक्रमितले सामाजिक संजाल फेसबुकमार्फत पनि सो कुराको बारेमा जानकारी गराएका हुन्। 
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो रुपमा देखिएको छ। भारतमा शुक्रबार विहानसम्म २२७ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा ४९ जनाको मृत्यु भएसँगै २२७ पुगेको हो। भारतमा एकैदिन ८०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ७२५ पुगेको छ। भारतमा संक्रमितमध्ये ६२५ जना उपचारपछि निको भएका छन्। ५ हजार ८६३ जना उपचाररत छन्।

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा