नेकपाका प्रदेश नेता गणेश भट्टद्वारा १ लाख २५ हजार राहत प्रदान
मनमोहन पनेरू
डोटी, चैत्र २९ – नेकपाका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य एवं डोटीको दिपायल पिपल्ला बजारस्थित गणेश ट्रेर्डस एण्ड सप्लायर्सका व्यापारी गणेशदत्त भट्टले जिल्लामा रहेका विपन्न तथा आर्थिक स्थिती कम्जोर भएका व्यक्तिलाई एक लाख २५ हजारको राहत वितरण गरेका छन् ।
विश्वका २ सय १० मुलूकहरुमा फैलिईसकेको कोरोना भाइरस ९कोभिड–१९० का रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण यहाँका विपन्न तथा कमजोर आर्थिक अवस्थाका परिवारलाई दैनिक छाक टार्न समस्या भएको भन्दै भट्टले राहत स्वरुप खाद्यान्न तथा नगद रकम वितरण गरेका छन् ।
उनले एकद्वार प्रणालीलाई आत्मसाथ गर्दै दिपायल सिलगढी नगरपालिकामार्फत १ लाख ५ हजारको २५ क्वीण्टल चामल प्रदान गरेका छन् । त्यस्तै भौगोलिक रुपमा विकट क्षेत्र सायल गाउँपालिका वडा नं १ छपालीमा रहेका २० जना महिलालाई नगद रु ५ सयका दरले रु। १० हजार वडाअध्यक्ष हिरा थापा मार्फत राहत उपलब्ध गराउन लागेको व्यापारी तथा नेकपाका नेता भट्टले बताए ।
त्यसैगरी अर्को भौगोलिक विकट क्षेत्र आदर्श गाउँपालिका वडा न। ६ गिरिचौकामा वडाअध्यक्ष लाल बहादुर खडायतमार्फत त्यहाँका २० जना विपन्न महिलाहरुलाई ५ सयका दरले रु।१० हजार राहत वितरण गर्न लागेको बताएका छन् ।
छपाली र गिरीचौकाका वडा अध्यक्षहरुसँग समन्वय भईसकेको र उनिहरुसँग भेट हुने वित्तिकै रकम हस्तान्तरण गरिने भट्टले बताए ।
यसका साथै जिल्लाभित्रका अन्य ठाउँमा पनि सहयोग आवश्यक परेमा सहयोग प्रदान गर्ने उनले बताए ।