kagendra

एक महिनापछि सुरु भयो धारचुलामा अलपत्र नेपालीलाई स्वदेश ल्याउने कार्य

Darchu
Darchu
April 30, 1:10

धनगढी, बैशाख १८ भारतीय शिविरमा रहेका नेपालीलाई स्वदेश भित्र्याउन शुरू गरिएको छ । भारतमा लकडाउन अर्थात् बन्दाबन्दी शुरू भएपछि भारतका विभिन्न स्थानमा रहेका नेपालीहरू आफ्नो घर फर्कन नेपाल भारत सीमामा आइपुगेपछि नेपाल सरकारले नेपालमा पनि बन्दाबन्दी रहेको भन्दै आवागमन बन्द गरिदिएको थियो।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँर भन्छन्, ूचैत १७ गतेदेखि भारतका विभिन्न शिविरहरूमा बसेका नेपालीहरूलाई एक महिना बितिसकेपछि बिहीवार बिहान दार्चुलाका दुईओटा नाका खोलेर स्वदेश ल्याउन शुरू गरिएको हो।ू बैतडी र बझाङ जिल्लाका नागरिकलाई दत्तु पुलघाट तथा दार्चुला र अन्य जिल्लाका नागरिकलाई खलङ्गा पुलघाटबाट स्वदेश ल्याउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिँह कुवँरले बताए। 

कुवँरका अनुसार खलङ्गा पुलघाटबाट आएकाहरूको महेन्द्र नमुना मावि खलङ्गा र खुलामञ्चमा स्वास्थ्य जाँच गरि आजै सम्बन्धित स्थानीय तहमा पठाउने तयारी भइरहेको छ।

दत्तु पुलघाट प्रबेश गरेकाहरूको दत्तु खेलमैदानमा स्वास्थ्य जाँच गरि सम्बन्धित जिल्लामा पठाइने बताइएको छ। बझाङ र बैतडी जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू नै दार्चुला आइपुगेका थिए।  आफ्नो गाउँठाउँमा आफ्ना बासिन्दा लैजान भन्दै सोमवार नै जनप्रतिनिधिहरू सदरमुकाम खलङ्गा आइपुगेका थिए । भारतमा शिविरमा बसेकाहरूबाट प्राप्त जानकारी अनुसार ज्यालामजदुरी गर्न नेपालका ११ जिल्लाबाट पिथौरागडका विभिन्न क्षेत्रमा गएका नेपालीहरुमध्ये सबैभन्दा बढी बैतडीका छन्। 

शिविरहरूमा बैतडीका ३ सय १४ छन् भने बझाङका २ सय २८ जना रहेका छन्। शिविरमा दार्चुलाका १ सय ५२, कैलालीका ६८, डँडेल्धुराका २२, अछामका १८, सुर्खेतका १५, जाजरकोटका ३, दैलेखका २ र डोटीका १ जना रहेका छन्। उनीहरूलाई सिमापारी धारचुलाको बरम, बालुवाकोट, निगलपानी र धारचुलाको स्टेडियममा राखिएको छ। घर फर्कने आफ्नो अधिकार भन्दै यसअघि उनीहरूले नाराबाजी गरेका थिए । अधिकारकर्मीहरूले उनीहरूको मानव अधिकार हनन भएको बताएका थिए। न्यायकर्मीहरूले उनीहरूलाई रोकेर सरकारले संवैधानिक हक खोसेको बताएका थिए।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा विपन्नलाई राहत…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४ नेपालीको…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि बिपन्न…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा