
दिल्लीमा रहेका बैतडीका एक युवामा कोरोना संक्रमण

May 08, 3:33
धनगढी – भारतको दिल्लीमा रहेका बैतडीका एक युवामा कोरोना संक्रमण देखिएको छ । दिल्लीको आजादपुर मण्डीमा जेसीए ट्रेडर्स नामक फलफुल कम्पनीमा कार्यरत बैतडीको दोगडा केदार गाउँपालिका ९ चडेपानी (बगौरा) घर भएका २३ वर्षीय रमेश दत्त भट्टलाई कोरोना संक्रमण देखिएको हो ।
लकडाउनका बेला पनि काम गरीरहेका उनमा रुघाखोकी र श्वासप्रश्वासमा अप्ठेरो भएपछि चार दिनअघि उनको थ्रोट स्वाब संकलन गरिएको थियो ।
बिहीबार उनको थ्रोट स्वाबको नमूना पोजिटिभ आएको उनीसँगै दिल्लीमा रहेका दत्तराज भट्टले बताए । रमेशलाई बिहीबार राती नै दिल्लीको राम मनोहर लोहिया अस्पतालमा आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
September 06, 9:00
September 07, 9:20
September 10, 9:25
September 10, 4:24
September 12, 9:24









सम्बन्धित वर्गका समाचारहरू
September 22, 2:39
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
September 07, 9:20
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा