कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, ५५८१ जनामा संक्रमण

Corona
Corona
May 10, 8:33

काठमाडौं, वैशाख २८ - कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जना नेपालीको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स -युएई) मा ६ जना र आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा एक-एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए ।

कोरोना भाइरसका यो हप्ता थप ५ जना नेपालीले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेहरुको संख्या बेलायतमा २ तथा स्वीडेन, बहराइन र युएईमा एक-एकजना थपिएका छन् ।

यस्तै, डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्ा् । संक्रमितमध्ये २ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको सो समितिले जनाएको छ ।

डा. सापकोटाका अनुसार विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुँदै गएको छ । तर यो साता फिनल्याण्ड, र स्वीडेनमा नेपालीहरुमा नयाँ संक्रमण देखिएको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपालमा १०९, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी स्पेन र अष्ट्रेलियामा १२-१२ जना तथा जापान र क्यानडामा १०-१० जना नेपाली संक्रमित छन् ।

बेल्जियममा ६, स्वीटजरल्याण्डमा ५ तथा जर्मनी र फिनल्याण्डमा ४-४ जना नेपालीलाई कोरोना पुष्टि भएको छ ।

यसैगरी साइप्रस र न्युजिल्याण्डमा ३-३ जना, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा २-२ जना तथा म्यानमार र फ्रान्समा १-१ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएनएले जनाएको छ ।

 

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक रोजगारी खोज्न…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा विपन्नलाई राहत…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४ नेपालीको…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि बिपन्न…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा