कोरोना भाइरस : विश्वभर २ लाख ८३ हजारको मृत्यु, ४१ लाख ७६ हजार संक्रमित

corona-virus
corona-virus
May 11, 7:58

धनगढी, बैशाख २९ - विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ६७८ पुगेको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४१ लाख ७६ हजार ८८७ जना संक्रमित छन् ।

संक्रमितमध्ये १४ लाख ८७ हजार ४५४ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ७ हजार ५५५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४७ हजार १६ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ५२ हजार ७४० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख २८ हजार ५७६ पुगेको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा ८९ हजार ९५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १४ लाख ९५ हजार ८४९ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २२ हजार १७२ जनाको मृत्यु भएको छ । ६ लाख ६८ हजार ६०५ जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा १६ हजार ३८४ जनाको मृत्यु भएको छ । ३ लाख १० हजार ५८ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार २९५ जनाको ज्यान गएको छ भने ६४ हजार ५३९ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५३९ पुगेको छ ।

सबैभन्दा बढी संक्रमण भएको मुलुक अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ७२० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८० हजार ७५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ४४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ६६ हजार ७५३ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ५५ हजार ६५४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ३० हजार ३४२ जनामध्ये १६ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार ८५५ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म २ लाख १९ हजार ४४४ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २६८ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ९२३ जनामा संक्रमण देखिएको छ । १ लाख ८६ हजार ९८४ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

इटालीमा २ लाख १९ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकै दिन १६५ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या ३० हजार ५६० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८०२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १९ हजार ७० पुगेको छ ।

इटालीमा संक्रमितमध्ये १ लाख ५ हजार १८६ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८३ हजार ३२४ जनामध्ये १ हजार २७ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

स्पेनमा २ लाख ६४ हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १४३ जनाको मृत्यु भएको छ भने १ हजार ८८० जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार ६२१ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ६४ हजार ६६३ पुगेको छ ।

१ लाख ७६ हजार ४३९ जना उपचारपछि निको भएका छन् । ६१ हजार ६०३ जना उपचाररत छन् । त्यसमध्ये १ हजार ६५० जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय १२ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १११ जनाको मृत्यु भएको छ ।

एकैदिन अरु ४ हजार ३५३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६७ हजार १६१ पुगेको छ । ४३ हजार ९८० जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २० हजार ९६९ जना निको भएका छन् ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा