धनगढीमा आफ्नै घरको भान्सामा एक महिलाको शव फेला, हत्याको आशंकामा सासु र श्रीमान पक्राउ

Sab
Sab
May 30, 2:17

धनगढी, जेठ १७ – धनगढी उपमहानगरपालिका–३ विशालनगरमा एक महिलाको शव फेला परेको छ । आज २३ बर्षीय जयन्ती जैशीको झुण्डीएको अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घरको भान्सा कोठामा झुण्डीएको अवस्थामा शव फेला परेको हो ।

हत्याको आशंकामा परिवारका २ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । मृतक महिलाको श्रीमान र सासु नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार परिवारमा समय–समयमा कलह भईरहने गरेको थियो । उनको माईती घर कैलालीको पहलमानपुर हो ।

मृतक महिलाको झण्डै डेढ बर्षको छोरा छ । उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । परिवारहरुको संलग्तामा हत्या भएको भन्दै किटानी जाहेरी दिने तयारी भएका मृतक महिलाका बुबा मोहनराज जैशीले जानकारी दिए । ‘मेरो छोरीको आत्माहत्या होईन, हत्या नै भएको हो’ जैशीले भने । 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा