लकडाउनमा मृत्यु भएकी आमाको शवलाई ब्युझाउन खोज्ने बालकलाई शाहरुखको सहयोग

help
help
June 02, 1:43

 

भारतमा पछिल्लो समय एउटा दृश्य भाइरस भइरहेको छ। कोरोना भाइरसको महामारी र लकडाउनका बीच अघिल्लो हप्ता अहमदाबाद आएको श्रमिक रेलमा बच्चासहित सवार महिलाको मुजफ्फरपुरमा निधन भयो। रेल्वे स्टेशनमा राखिएको आमा (ती महिला)को शवलाई उनका दुई वर्षीय सन्ताले उठाउन खोज्दैछ, ब्युझाउन पटक पटक प्रयास गर्दैछन्। आमाको शवसँग जिस्किरहेका पनि छन्। तर ती अवोध बालकलाई थाहा छैन कि उनकी आमा अब उठ्दिनन्।

मजदुर महिलाका तिनै अवोध बालक तथा महिलाको परिवारको सहयोगका लागि अघि सरेका छन्, बलिउड अभिनेता शाहरुख खान। उनको स्वामित्वमा रहेको मीर फाउन्डेशनले सहयोगको हात अघि बढाएको हो।

फाउन्डेशनले बालकका लागि मद्दत गरिरहेको जानकारी ट्वीटरमार्फत दिएको छ। अहिले बालकको हेरचाह हजुरबुवाले गरिरहेका छन्।
शाहरुखले पनि मीर फाउन्डेशनको ट्वीटलाई रिट्वीट गर्दै लेखेका छन्, 'हामी सबै प्रार्थना गरौ कि आमा गुमाएको बालकले जीवन जिउने शक्ति प्राप्त गरोस। म बुझ्न सक्छु कि माता-पिता गुमाउँदाको भावना कस्तो हुन्छ। हामी तिम्रो साथमा छौं बाबु।'

शाहरुखले लकडाउनमा विभिन्न सहयोग गर्दै आएका छन्।


भिडियो

https://twitter.com/sanjuydv/status/1265495633949085698

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा