शाहीको पहलमा डोटीका क्वारेन्टाइनमा स्वास्थ्य सामाग्री बितरणा 

Sahayog
Sahayog
June 03, 12:31

मनमोहन पनेरू, 
डोटी, जेठ २१  – नेपाली काँग्रेस जनसम्पर्क समिति नर्वेका सभापति जितेन्द्र शाहीको पहलमा डोटीका स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । केआईसिंह गाउँपालिकाका सबै वडा, शिखर नगरपालिका वडा नं १ र २ तथा सायल गाउँपालिकाको वडा नं २ स्थित  क्वारेन्टाइनमा बसेका स्थानीयलाई प्रति व्यक्ति ३ वटा सर्जिकल मास्क,  १÷१ गोटा नुहाउने र लुगा धुने साबुन लगायत स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराइएको हो । उनले विश्वभरि चलिरहेको कोरोना भाइरस बाट बाँच्नको लागि स्वास्थ्य  सामाग्रीका साथै नगद २ ला ३० हजार रूपैया नगद उपलब्ध गराउनु भएको छ । 
मातृभूमिका आफन्तलाई यस महासङ्कटका बेलामा आफू सानो सहयोग गर्न पाउँदा निकै खुसी भएको उनले खप्तड अनलाइन सँग बताएका हुन । उनले थप भने ‘यस्तो बेलामा आफूबाट हुने सहयोग गरिदिन सम्पूर्ण महानुभावलाई आग्रह गर्दछु ।’
यस्ता कार्यमा सामाजिक अभियन्ता दीपेन्द्र सिंहले पनि जिल्लाका स्थानीय तह तथा बाहिरबाट आउने यात्रुलाई पानी र चाउचाउ सहयोग गर्दै आउनु भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा