डोटीको बोगटानमा ४० जनाको पीसीआर रिपोर्ट नेगेटिभ
कर्ण चन्द,
डोटी, जेठ २९ -
बोगटान फुड्सिल गाउँपालिकामा पहिलो चरणमा सङ्कलन गरिएको ४० वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकामा भारतबाट पहिलो चरणमा आएका ११ वटा क्वारेन्टिन सङ्कलन गरिएको ४० जनाको पीसीआर नमुना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिएका छन् ।
गाउँपालिकाको वडा नं. ४ मा रहेको सात्फरी आधारभूत विद्यालय, जोराघाटमा रहेको साझा भवन, जजलाको निजी घर र नवदुर्गा आधारभूत विद्यालय डौडामा पीसीआर नमुना सङ्कलन गरिएको थियो भने वडा नं. ५ धिर्कामाण्डौंको दर्जा कोट माध्यमिक विद्यालय, वडा नं. ७ चवराचौताराको साउँटीमाण्डौँ आधारभूत विद्यालय र चनुकाँडा आधारभूत विद्यालय त्यसै गरी वडा नं. १ मा रहेको सिमचौर माध्यमिक विद्यालय र नमुना आधारभूत विद्यालयमा रहेका व्यक्तिहरूको रिर्पोट नेगेटिभ आएको हो । सङ्कलनका क्रममा धौँचडी आधारभूत विद्यालय केदाअखडा वडा नं. ६ को वाल्मीकि आधारभूत विद्यालय र भवानी आधारभूत विद्यालयमा रहेका व्यक्तिहरूमा गरिएको पीसीआर नमुना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिनु भएको छ ।
रिपोर्ट आएका ४० जना मध्य एक जनालाई आरडिटी पोजेटिभ देखाएको थियो । आरडिटी पोजेटिभ देखिएका व्यक्तिको समेत पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको मेडिकल अधिकृत डाक्टर घनश्याम भट्टले बताउनु भएको छ ।
गाउँपालिकामा आरडिटी पोजेटिभ भनिएका ४ जनालाई आईसोलेनमा राखेर उपचार भइरहेको डाक्टर भट्टले बताउनु भएको छ । आइसोलेसनमा राखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।