मेयर मलासीको स्वास्थ्यमा समस्या, उपचारका लागि जहाज मार्फत काठमाडौँ लगियो 

Manju Malasi
Manju Malasi
June 12, 10:41

डोटी, जेठ ३० – दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीको स्वास्थ्यमा समस्या आएको छ । भारतबाट आएका नेपालीको व्यवस्थापनका लागी क्वारेन्टाईन व्यवस्थापनको दौडधुपमा रहेकी मेयर एक हप्ता अधि श्वास प्रश्वासमा स्वास्थ्यमा समस्या आएको थियो । 
स्वास्थ्यमा समस्या आएपछि धनगढी पुगेर उपचारपछि डाक्टरले आराम गर्न दिएको सुझाव अनुसार घरमा आराम गरिरहेकी मेयर मलासीलाई हिजो राती फेरी श्वास प्रश्वासमा समस्या आएपछि आज नेपाली सेनाको जहाज मार्फत काठमाडौँ लगिएको मेयरका स्वकीय सचिव रबिन्द्र जोशीले जानकारी दिनु भएको छ । 
निर्सग अस्पताल कैलालीमा उपचार गरेर फर्किएकी मेयर मलासीको स्वास्थ्यमा क्रमिक सुधारका क्रममा रहेको भए पनि हिजो साथी श्वास रोकिने समस्या आएपछि काठमाण्डौैं लगिएको स्वकीय सचिव जोशीले बताउनु भएको छ । 
मेयर मलासी लामो समय देखी प्रेसर औषधी सेवन गर्दै आउनु भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा