हावाबाट पनि कोरोना भाइरस सर्ने बैज्ञानिकको दाबी

Corona
Corona
July 06, 11:21

एजेन्सी – हावाबाट पनि कोरोना भाइरस सर्न सक्ने दावी बैज्ञानिकहरुले गरेका छन् । ३२ देशका २३९ वैज्ञानिकहरुको एक समूहले आफूहरूले गरेको अनुसन्धानबाट हावामा उड्ने सानो कणबाट पनि कोरोना संक्रमण फैलिन सक्ने प्रमाण भेटेको दाबी गरेको छ ।

द न्युयोर्क टाइम्सका अनुसार ती वैज्ञानिकले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई खुला पत्र लेखेर कोरोना भाइरससम्बन्धी मार्गनिर्देश परिमार्जन गर्न माग गरेका छन् ।

डब्लूएचओले भने प्रमुख रूपमा संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा वा बोल्दा मुखबाट निकाल्ने थुकको छिटा अर्काे व्यक्तिलाई पर्यो भने मात्र उसलाई कोरोना भाइरस सर्ने बताउँदै आएको छ ।

तर ती वैज्ञानिकको दाबी के छ भने संक्रमितले हाच्छिउँ गर्दा हावामा टाढासम्म उछिट्टिने सानो वा ठूलो थुकका छिटा त्यो एउटा कोठामा जहाँसम्म फैलिन सक्छ, त्यहाँ बस्ने सबैलाई संक्रमित गराउने क्षमता राख्छ । तर डब्लूएचओले उनीहरूले पेस गरेको प्रमाण पर्याप्त नरहेको बताएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा