कोरोना खोप अनुसन्धानका लागि ४ हजार कोरियालीले प्लाज्मा दान गर्ने

hwpl
hwpl
July 20, 4:38

काठमाडौं । कोभिड १९ को अध्ययन र अनुसन्धानका लागि दक्षिण कोरियाका ४ हजार जनाले प्लाज्मा दिने भएका छन् ।

दक्षिण कोरियास्थित शिञ्जोची चर्चका पूर्व कोभिड १९ संक्रमित ४ हजार जनाले रगतको प्लाज्मा दिने इच्छा व्यक्त गरेका हुन् । प्रति व्यक्ति ५०० मिलिलिटर प्लाज्मा दान गर्न लागिएको समाचारमा बताइएको छ । उक्त प्लाज्मा झण्डै ८३ अर्ब डलर बराबर मूल्यको रहेको चर्चका संस्थापक मान ही लीले बताएका छन् ।

प्लाज्माको अभावमा कोभिड १९ को खोपको अनुसन्धान र अध्ययन गर्न मुस्किल परिरहेको अमेरिकी अनुसन्धानकर्ताहरुले बताएका छन् । तर अहिलेसम्म २ सय जना अमेरिकीले मात्र प्लाज्मा दिने इच्छा व्यक्त गरेका छन् ।

दक्षिण कोरियामा अहिलेसम्म १२ हजार ५ सय ३५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएका छन् । जसमध्ये २८१ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस फैलिनुमा शिञ्जोची चर्चको भूमिका रहेको भन्दै आलोचना भएको थियो । तर चर्चले भने यस्तो आरोपको खण्डन गर्दै आएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा