डोटीमा भाद्र १४ देखि एक साताका लागि निषेधाज्ञा गरिने

Doti
Doti
August 28, 9:58

गणेश मौनी
भाद्र १२, डोटी
डोटीमा भाद्र १४ गते आइतबार राती १२ बजेदेखि लागु हुने गरि २१ गते आइतबार रातीसम्मका लागि निषेधाज्ञा गरिने निर्णय गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको संकट ब्यवस्थापन समितिका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले बताए ।
जिल्लाभित्र कोरोना महामारीको संक्रमण बढ्दै गएपछि महामारी रोकथाम, नियन्त्रण र उपचारमा सहजताका लागि यस्तो निर्णय गरिएको प्रजिअ भट्टराईले बताए । उनले भने निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुन्छन निषेधाज्ञालाई सबैले पूर्ण रुपमा पालन गर्न र गराउन तर्फ सबैले ध्यान जान आवश्यक रहेको समेत बताए ।
शुक्रबार अबेर सम्म बैठक बसेकाले शनिबार सूचना जारी गरि सबैलाई जानकारी गराईने समेत प्रजिअ भट्टराईले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा