kagendra

छोरीको जन्मदिनमा क्रिकेट रङ्गशाला निर्माणका लागि ‘धुर्मुस’ र ‘सुन्तली’ को आर्थिक सहयोग

dhurmu
dhurmu
March 15, 12:12

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि एक लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै धुर्मुसले छोरी सुबिहानीको जन्मदिनको अवसरमा आफैले बनाउन लागेको रंगशालाका लागि सहयोगको घोषणा गरेका हुन् ।

छोरीको जन्म दिनमा कुनै बिशेष कार्यक्रम नगरी रङ्गशाला निर्माणलाई सहयोग गरेको उनीहरुले बताएका छन् । ‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधीन रङ्गशालाका लागि सहयोग गर्न चाहान्छौं,’ उनले लेखेका छन्, ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरीनै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’

छोरी जन्मिएको ८ महिनामै निरन्तर सामाजिक काममा अघि बढेका धुर्मुस सुन्तलीले छोरीसँग धेरै समय बिताउन पाएका छैनन् । तर, यसपालिको जन्म दिनमा भने पुरै दिन छोरीलाई समय दिने सुन्तलीले बताइन् ।

चितवनमा निर्माण गर्न लागिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को अहिले फिल्डको काम भइरहेको छ । केही समयमै रङ्गशालाको डीपीआर र डिजाइनको काम सम्पन्न हुने धुर्मुस-सुन्तलीको दावी छ ।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

आठौँ संस्करणको लिटिल फ्लावर क्रिकेट प्रतियोगिता मंसिर ९ गतेबाट…
कैलाली । आठौँ संस्करणको लिटिल फ्लावर प्रमियर लिग २०८० मंसिर ९ गतेबाट सुरु हुने भएको छ । आज धनगढीमा… विस्तृतमा
फारवेष्ट पशुपति कप मंसीर २२ गतेदेखि
धनगढी । छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी मंसीर २२ गतेदेखि आयोजना हुने भएको छ ।… विस्तृतमा
शिखर सरकार खेलकुदमा लगानी बढाउन तयार छः नगर उपप्रमुख रावल
दिपायल /  शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराले शिखर सरकार नगरको खेलकुद क्षेत्रमा लगानी… विस्तृतमा
विश्वकप एसिया छनोटको उपाधि ओमानलाई, सुपर ओभरमा नेपाल पराजित
सुपर ओभरमा घरेलु टोली नेपाललाई हराउँदै आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको उपआधि ओमानले… विस्तृतमा