सुजनको उपचारार्थ थालिएको अभियानलाई सांसद जोशीद्वारा आर्थिक सहयोग

Sujan
Sujan
September 14, 9:12

धनगढी, भदौ २९ - ब्लड क्यान्सर ग्रसित डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ बल्लेकाँडा घर भएका ५ वर्षका सुजन बमको उपचारका लागि थालिएको आर्थिक अभियानलाई सुदूरपश्चिम प्रदेश सभाका सांसद पूर्णा जोशीले आर्थिक सहयोग गर्नु भएको छ । तीन सात अघि सामाजिक सञ्जालमार्फत थालिएको आर्थिक अभियानलाई सांसद जोशीले आर्थिक सहयोग प्रदान गर्नु भएको सुजनको उपचारार्थ अभियानका अभियन्ता तारा बमले जानकारी दिए । सांसद जोशीले राष्ट्रिय बाल दिवसको अवसरमा सुजनलाई आर्थिक सहयोग गर्नु भएको हो । विगत ३ वर्षदेखि काठ्माण्डौंको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत सुजनको आर्थिक अभावले उपचारमा समस्या भएपछि परिवारले सहयोगको अपिल गरेका थिए ।

सुजनका परिवारको अपिल पछि सामाजिक सञ्जाल मार्फत थालिएको अभियानले केही फराकिलो स्थापन पाएको ‘सुजनको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान’ का अभियन्ता तारा बमले बताए । उनले देश तथा विदेशमा रहेका मनकारी दाताहरूबाट सोचे भन्दा राम्रो आर्थिक सहयोग प्राप्त भइरहेको जानकारी दिए । ‘तीन वर्षसम्म उपचार गराउँदा परिवारबाट आर्थिक जोहो मिलाउन धौ धौ परेपछि सहयोगको अपिल गरेका थियौँ ।’ सुजनका बुबा गणेश बमले भने, ‘हाम्रो अपिललाई स्वीकार गरी बाबुको उपचारमा मनकारी व्यक्तिहरूबाट आर्थिक सहयोग सङ्कलनले उपचार सम्भव हुने आशा जगाएको छ ।’ ब्लड क्यान्सरबाट पीडित भएका उनी विगत ३ वर्षदेखि काठ्माण्डौंको महाराजगन्ज स्थित कान्ति बाल अस्पतालमा उपचाररत छन् । सुजनका परिवारले आफन्त, छरछिमेकबाट रकम सङ्कलन गरेर तीन वर्षसम्म उपचार गराए पनि अब आर्थिक सङ्कट आइपरेको बताए । उनले छोराको जीवन रक्षाका लागि सबैलाई सहयोग गरिदिन समेत अपिल गरेका छन् ।

सहयोगका लागि ब्लड क्यान्सर पीडितका बुवा गणेश बहादुर बमको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नम्बर ४१००१०००१३८०१०१० रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा