रोजगारीका लागि भारत जाने प्रदेश सातका अधिकांस नागरिको शैक्षिक अवस्था सामान्य

dfdg
dfdg
March 15, 12:20

धनगढी, साउन १ –
मुलुकमा रोजगारीका लागि युरोप र तेस्रो मुलुक आकर्षक गन्तव्य भए पनि प्रदेश ७ बाट झण्डै डेढ लाख नागरिक रोजगारीका लागि भारत गएका छन् । भारत रोजगारीका लागि गएकाहरुको शैक्षिक अवस्था सामान्य रहेको समेत तथ्याङ्कमा देखिएको छ । भारत गएकामध्ये एक लाख चार हजार जनाले प्राथमिक तहसम्मको मात्रै अध्ययन गरेका छन् भने ३९ हजार निरक्षर र ३५ हजार जनाले अनौपचारिक शिक्षा लिएको तथ्याङ्क कार्यालय कैलाली र कञ्चनपुरले जनाएको छ ।
त्यसैगरी, प्रदेश नं ७ बाट पाँच हजारभन्दा बढी अध्ययनका लागि भारत गएको तथ्याङ्क छ । एक हजारभन्दा बढी भारतमा व्यवसाय गर्न गएका छन् । द्वन्द्वका समयमा दुई सय ७१ जना भारत पलायन भएका बताइएको छ ।
विसं २०६८ सालको जनगणनाअनुसार भारतमा रहेका प्रदेश ७ का दुई लाख ६६ हजार ६७३ नागरिकमध्ये करिब ७०.१४ प्रतिशत रोजगारीका लागि गएका हुन् ।
तथ्याङ्क कार्यालय कञ्चनपुर र कैलालीका निर्देशक यदुनाथ आचार्यका अनुसार प्रदेश ७ का नौ वटै जिल्लाका बासिन्दाको रोजगारीको प्रमुख गन्तव्य नै भारत रहेको छ । तथ्याङ्कअनुसार प्रदेश ७ को कैलालीबाट ५६ हजार, कञ्चनपुरबाट ३१ हजार, अछामबाट २० हजार, दार्चुलाबाट पाँच हजार, बझाङबाट २१ हजार, डोटीबाट २२ हजार, डडेल्धुराबाट १० हजार, बैतडीबाट १९ हजार र बाजुराबाट ७ हजार महिला तथा पुरुष रोजगारी गर्न भारत गएका छन् ।
एक लाख ४४ हजार पुरुष रोजगारीका लागि गएका छन् भने संस्थागत रोजगारीका लागि ८ हजारभन्दा बढी गएको तथ्याङ्क छ । प्रदेश ७ का ३५ हजार नागरिक भारतमा आश्रित रहेको तथ्याङ्क कार्यालयका निर्देशक आचार्यले बताए ।
कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बैतडीको झुलाघाट, दार्चुलाको जौलजिवी, दत्तु र खलंगालगायतका नाकाबाट बढी संख्यामा यहाँका बासिन्दा रोजगारीका लागि भारत जाने गर्छन् ।
“हामीले रोजगारीका नाममा भारत पलायन हुनेको तथ्यांक राखेका छैनौँ,” आचार्यले भने, “भारत गएर फर्किनेको तथ्याङ्कमात्रै संकलन गरिएको छ । भारत जानेमा ३५ हजार भन्दा बढी महिला रहेका छन् ।”
दैनिक एक हजार ५०० देखि दुई हजार नागरिक गड्डाचौकी नाका भएर भारत जाने गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले बताए । “कतिपयलाई भारतको कुन ठाउँमा रोजगारीका लागि जान लागेको भन्ने थाहा हुँदैन,” उनले भने, “यहाँबाट भारतको सिमला, दिल्ली, देहरादुन, बैंग्लोर, हरियाणा, पञ्जावलगायतका ठाउँमा बढी जाने गरेका छन् ।”
भारतसँगै युरोप र तेस्रो मुलुक रोजगारी, अध्ययनलगायत कामका लागि जाने प्रदेश ७ का स्थानीयवासीको तथ्याङ्कसमेत संकलन गरिएको छ । युरोपलगायत तेस्रो मुलुक यहाँबाट हालसम्म २० हजारको संख्यामा नागरिक गएको तथ्याङ्क छ ।
चीन, अष्ट्रेलिया, अमेरिका, बहराइन, क्यानडा, साउदी अरब, कुबेत, दुबईलगायत देशमा पनि प्रदेश ७ का बासिन्दा गएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा