एलपीएल : अर्जुन साउदको सतकमा शारदाको सानदार जित

arjun
arjun
March 08, 5:58

धनगढी  : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा लिटल फ्लावर स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो खेलमा त्रिनगर स्कुललाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरेको हो । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा त्रिनगरले दिएको ६६ रनको लक्ष्य लिटलले १० ओभर २ बलमा ३ विकेट गुमाउँदै पूरा ग¥यो ।  लिटलको जितमा नरेन भट्टले ३० रन, मनोज चनाराले १६ र निरज चन्द १३ रन बनाए । त्रिनगरका बसन्त थापा मगरले २ तथा शिशिर थापा मगरले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको त्रिनगरले १२ ओभर ५ बलमा अलआउट हुँदै ६५ रन बनाएको थियो । उसका रमेश विष्टले सर्वाधिक १३ रन बनाए । लिटलका सचिन भट्टले ४, मनोज चुनारा र नरेन भट्टले ३÷३ विकेट लिए । 
सोमवार नै भएको दोस्रो खेलमा शारदा विद्या निकेतनले नेक्सस स्कुल काठमाडौँलाई २ विकेटले पराजित गरेको छ । शारदाको जितमा अर्जुन साउदले सतकीय पारी खेले । नेक्ससले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा साउदले ६२ बलमा १२ छक्का र ६ चौकाको मदतले अविजित रहँदै १ सय १३ रन बनाएपछि शारदाले १९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । साउँद म्यान अफ द म्याच चुनिए । नेक्ससका राज बम र सन्दीप पाण्डेले समान २÷२ विकेट लिए । यसअघि टस जिते ब्याटिङ गरेको नेक्ससले निर्धारित २० ओरभमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । उसका लागि विपिन विक्रम शाहीले ५३ र रमेश बुढाथोकीले ४१ रन बनाए । शारदाका दीपक रोकायाले ३ विकेट लिए । १६ टिमको सहभागिता रहेको प्रतियोगितामा सेमिफाइनल पुग्ने दुई टिमको टुङगो लागेको छ । प्रतियोगिताको विजेताले १ लाख २० हजार पाउने छन् । त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा