बाजुरामा निषेधाज्ञामा जुवा खेल्ने ६ पक्राउ

bajura
bajura
June 15, 9:12

बाजुरा, १ असार  
 कोरोना महामारीका बेला सरकारले जारी गरेको निषेधाज्ञाको मौका छोपी जसवातास खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाजुराले सोमबार राति ६ जना जुवाडे पक्राउ गरेको छ ।
मार्तडी बजारको तुफान डाडामा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन । विशेष सुराकीको आधारमा उनीहरुलाई तुफानडाडाबाट नगद ९८ हजार तीन सय २५ रुपैया सहित ६ जना पक्राउ परेका प्रहरी निरीक्षक साउँदले टुडेलाई बताएका छन । उनीहरु सबै मार्तडीका व्यापारीहरु रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जुवातास खेल्ने क्रममा पक्राउ परेका ६ जनालाई जुवा ऐन सम्बन्धी कानुनी कारबाही गरिने तयारी प्रहरीले थालेको छ । महामारीका बेला जुवातास खेल्ने र समाजमा विकृति फैलाउनेलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारबाही गर्ने गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा