सुदूरका ‘मणि’ मनिराज जोशी
धनगढी, महेन्द्र बम, साउन २१ – संवेदनशील रचनाकारको जीवन र जगतप्रतिको वैचारिक प्रतिक्रियाको परिमाण साहित्य हो । साहित्यको विशिष्टतम् एक विधा काव्य हो । नेपालमा महाकाव्य लेखनमा योगदान पु¥याएका व्यक्तिको चर्चा गर्दा सिमित संख्याका लेखकहरु गणनामा आउँछन् । कविताको वृहत् रुप महाकाव्य सिर्जना गर्नु चानचुने कुरा होइन । यसका लागि प्रतिभा, क्षमता र साधनाको जरुरत पर्दछ नै । धेरै स्रजकको लक्ष्य महाकाव्य रचना गर्ने त हुन्छ नै तर त्यसको लागि अथक साधना गर्न नसक्दा सफलता भेट्टिदैन । जीवनभरिको अनुभव र अनुभूतिले एउटा महाकाव्य लेख्नुलाई महत्वपूर्ण मानिने ठाउँमा आधा दर्जन महाकाव्य सिर्जना गर्नु विलक्षण प्रतिभा हो । सुदूर पश्चिमका अध्यता प्राज्ञ वासुदेव पाण्डेका अनुसार प्रदेश नं सात वा सुप क्षेत्रमा हालसम्म १० जना स्रष्टाका १९ वटा महाकाव्य प्रकाशित भएका छन् । जस मध्ये ६ वटा महाकाव्य एक्लै मनीराज जोशीका रहेका छन् । सुदूरको भूमिमा जन्मेर नेपाली साहित्यलाइ योगदान पु¥याउनु भएका साहित्यकार मनिराज जोशीको साहित्यिक यात्रा निकै रोचक छ ।
झण्डै साढे चार दशक यता साहित्यमै क्रियाशील जोशी महाकाव्यकारका रूपमा सुपरिचित छन् । तर, उनको परिचय यतिमै सीमित छैन । पूर्व निजामती कर्मचारीका रूपमा पनि उनको परिचय जोडिएको छ । त्यसका साथै प्रकाण्ड ज्योतिष पनि हुनुहुन्छ ।
२०१२ सालमा डोटीको गाँजरीमा जन्मनुभएका जोशीले नेपाली साहित्यमा पु¥याएको योगदान शब्दमा वर्णन गरेर साध्य छैन् । ८ बर्षकै उमेरमा बुबा गुमाउदाको पीडा बिर्सन उनको संघर्षको यात्रा साहित्य लेखनीबाट आरम्भ भयो । गाउँमा व्यवहारले कञ्जुस ठहरिएका तत्कालीन समयका पन्च प्रधानबाट पाँच रुपयाँ झिकाउने सर्तमा लेखिएको उनको ‘कञ्जुस’ कविताले साहित्यक यात्राको थालनी ग¥यो । २०२८ सालमा पहिलोपटक कविता लेखेर पुस्कर पाए पछि साहित्यप्रति उनको रुचि थप बढेर आयो ।
औपचारिक उच्च शिक्षा हाँसिल समेत नगरी स्वअध्यनमा लागेका जोशीले लेखनका क्षेत्रमा ३१ बढी कृति प्रकाशन गरिसकेका छन् । जसमा पनि साहित्यको विशिष्टतम् कृति महाकाव्य मात्रै छ वटा प्रकाशन छन् । जोशीले किताबी ज्ञान हासिल गर्नु मात्रै पढ्नु हो भन्ने भनाइलाइ मिथ्या सावित गरिदिएका छन् । ‘पढ्नु भनेको किताबी ज्ञान हाँसील गर्नु मात्रै होइन’, उनले प्रश्न गरे ‘आदिकवी भानुभक्त आचार्यले कति पढेका थिए ? कालिदाशले कति पढेका थिए ? पढ्नु भनेको स्वअध्ययन पनि हो ।’