कञ्चनपुरको बेलौरीबाट टेक्टर सहित मटर (केराउ) बरामद

news
news
June 18, 7:23

कञ्चनपुर,०३ असार । कञ्चनपुरको बेलौरी बाट प्रहरीले अबैध मटर (केराउ) बरामद गरेकोछ । बेलौरी नगरपालीका वडा नम्बर २ गोकलपुर बजार नजिक राना गाउँ चौराहा बाट २ ओटा टेक्टरको ३ ओटा ट्रालीमा रहेको मटर (केराउ) प्रहरीले बरामद गरेको छ । बिहिबार दिउँसो ईलाका प्रहरी कार्यलय बेलौरी बाट खटिएको प्रहरी टोलीले उक्क्त मटर (केराउ) बरामद गरेको कञ्चनपुर प्रहरीले बताएको छ । सु.प.प्र.०१००२ त ४७०९ र से. १ त.५४६५ नम्बरका २ ओटा टेक्टरमा मटर     (केराउ) लोड गरेर राखिएको अवस्थामा प्रहरीले टेक्टर सहित बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्रीले बताए । 
अन्दाजी करिब ७ लाख बढी मुल्य बराबरको मटर (केराउ) र १२ लाख भन्दा बढी मुल्य बराबरको २ ओटा टेक्टर र मटर (केराउ) लोड गरेका ३ ओटा ट्राली कानुनी प्रकृया पुरा गरेर बिहिबार साझँ त्रिनगर भन्सार कार्यालय कैलाली पठाएको ईलाका प्रहरी कार्यलय बेलौरीका प्रहरी निरिक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो । बरामद गरिएको मटर (केराउ) कस्को र कहाँबाट आयो भन्ने बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।  

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा