सुदूरपश्चिमका पाँच जिल्ला बाढीको उच्च जोखिममा, चार जिल्लामा मध्यम जोखिम

news
news
June 20, 10:38

डोटी,असार ६ – मनसुनी वायुका कारण देशभर वर्षा भइरहेको छ । देशका विभिन्न भागमा भीषण वर्षा हुने सम्भावना रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, बाजुरा, बझाङ र दार्चुला गरी पाँच जिल्ला उच्च जोखिम रहेका छन् । डडेल्धुरा, बैतडी, डोटी र अछाममा बाढीको मध्यम जोखिम रहेको छ ।
शनिबार महाकाली नदीको बहाव बढ्ने र त्यस क्षेत्रका मोहना लगायतका सहायक नदीहरुमा पनि पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरेको छ ।
त्यस्तै, सेती नदी नगायत अन्य स्याना नदीहरु, खोलाहरुमा बाढी आउन सक्ने र पहाडी जिल्लाहरुमा वर्षातका कारण पहिरो आउन सक्ने भन्दै सजग रहन आग्रह गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा