डोटीमा ११ महिनाभित्र सुरक्षीत गर्भपतन गराउनेको संख्या १ हजार ७ जना

ss
ss
July 14, 9:46

असार ३०, डोटी ।
डोटीमा चालू आर्थिक वर्ष २०७७/०७८ को जेठ महिनासम्ममा सुरक्षीत गर्भपतन गराउनेको संख्या १ हजार ७ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय डोटीले जिल्लामा स्वास्थ्य क्षेत्रमा भए गरेका कामहरू र प्रगतिको अवस्था आदानप्रदान गर्न बुधबार आयोजना गरेको पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।
उक्त तथ्यांक सुरक्षीत गर्भपतनका लागि सुचिकृत सरकारी तथा निजी स्वास्थ्य सँस्थामा कानुनी मापदण्ड अनुसार गर्भपतन गराउनेहरुको तथ्यांक हो ।
डोटीमा जम्मा १६ वटा स्वास्थ्य सँस्थामा सुरक्षीत गर्भपतन सेवा दिने गरिएकोमा अहिले १४ वटामा मात्रै उक्त सेवा रहेकोे स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धवबहादुर ठगुन्नाले जानकारी दिए ।
९ वटै स्थानीय तह रहेकोे डोटीमा सदरमुकाम भएकोले जनसंख्याको चाप एवं स्वास्थ संस्था बढी भएको हुँदा दिपायल सिलगढी नगरपालिकामा २ सय ४५ जना र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा ५ जनाले सुरक्षीत गर्भपतन गराएका छन् ।
यसैगरी आदर्श गाउँपालिकामा १ सय ६९ जना, के.आई.सिंह गाउँपालिकामा १ सय ६२ जना, शिखर नगरपालिकामा १ सय २९ जना, जोरायल गाउँपालिकामा १ सय २० जना महिलाले सुरक्षीत गर्भपतन गराएको स्वास्थ्य कार्यालको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी सायल गाउँपालिकामा ७८ जना, पूर्वीचौकी गाउँपालिकामा ६९ र बडिकेदार गाउँपालिकामा ३० जनाले सुरक्षीत गर्भपतन गराएको जनाइएको छ ।
गर्भपतन गराउनु महिलाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुने हुँदा आफैंमा राम्रो कार्य नभए पनि गराउनै परे सुरक्षीत गर्भपतनका लागि सूचीकरण भएका स्वास्थ्य सँस्थामा गराउनुपर्ने स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेशप्रसाद बोहराले बताए ।
स्वास्थ्य सँस्था बाहिर पनि गैह्र कानुनी तवरले गर्भपतन गराउने गरेको गुनासोहरु आउने गरेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा