भारतमा बाढीः एक नेपाली मजदुरको मृत्यु, छ जना बेपत्ता

sasas
sasas
July 30, 5:15

बैतडी: भारतमा बाढीले बगाउँदा एक नेपाली मजदुरको मृत्यु भएको छ । बाढीकै कारण थप एक नेपाली मजदुरसहित अन्य ६ मजदुर बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ६ गौकुरा घर भइ हाल कञ्चनपुर बसाई सरेका बस्ने ३८ वर्षीय धनसिंह भण्डारी (मगन) रहेका छन् ।
भारतको सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर आएको एक खोलाले बगाउँदा भण्डारीको शुक्रबार बिहान मृत्यु भएको उनका भाई सुरेन्द्र भण्डारीले जानकारी दिए । उक्त क्षेत्रमा केही दिनदेखि लगातार रुपमा वर्षा भइरहेको र एक्कासी आएको बाढीले भण्डारीको मृत्यु भएको हो । भण्डारी ड्युटीमै रहेका बेला बाढीले बगाएको बताइएको छ ।
भण्डारी सिक्किमस्थित रेल चल्ने सुरुङ निर्माण गर्ने काममा रहेका थिए । उनी विगत १५ वर्षदेखि भारतमा मजदुर गर्दै आएका थिए । मृतक भण्डारीका श्रीमती, ३ छोरी र १ छोरा रहेका छन् । भण्डारीको मजदुरका क्रममा मृत्यु भएपछि घरपरिवार शोकमा डुबेका छन् ।
सोही बाढीमा परेर बैतडीको दोगडाकेदार गाउँपालिका ६ डोल घर भएर कञ्चनपुरको पिपलाडी बस्ने डम्मर लुहार बेपत्ता भएका छन् । यस्तै सोही कम्पनीमा काम गर्ने अन्य ५ भारतीय मजदुर पनि बेपत्ता रहेका बताइएको छ ।
उनीहरुको खोजी कार्य जारी रहेको जनाइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा