डोटीमा सम्बन्ध बिच्छेदका घटना बढ्दै

news
news
August 03, 10:45

डोटी । डोटी जिल्लामा पछिल्लो केही वर्ष यता सम्बन्ध बिच्छेदका घटनाहरु बार्षिक रुपमा बढ्ने गरेका छन् । जिल्ला अदालत डोटीले दिएको जानकारी अनुसार डोटी जिल्लामा पछील्लो तिन वर्षको तथ्यांक हेर्दा बढेको पाईएको हो ।

आर्थिक वर्ष २०७५।७६ मा १९ वटा सम्बन्ध बिच्छेदका घटनाहरु दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७६।०७७ मा १९ र आर्थिक वर्ष २०७७।०७८ मा बढेर २५ वटा घटनाहरु दर्ता भएको देखिन्छन् ।तिन वर्षको तथ्यांकलाई आकलन गर्दा उमेर समुहका आधारमा हेर्दा सबै भन्दा बढी २० देखि ३५ उमेर समुहका महिला पुरुषहरुको संख्या अत्यधीक रहेको पाईन्छ । जसमा पुरुष भन्दा महिलाको तर्फबाट बढी घटनाहरु दर्ता हुने गरेको देखिन्छ ।

आर्थिक वर्ष २०७७।०७८ मा हेर्दा जम्मा दर्ता भएका २५ घटनाहरु मध्य १४ वटा घटना महिलाहरुको तर्फबाट दर्ता भएका छन् भने ११ वटा घटनाहरु पुरुषहरुको तर्फबाट दर्ता भएको देखिन्छ । उमेर गत किसीमले हेर्दा २० देखि ३० वर्ष उमेर समुहका १५ वटा घटना र ३० वर्ष भन्दा माथिका उमेर समुहका १० वटा घटना दर्ता भएका छन् ।

पछील्लो समयमा विभिन्न कारणले गर्दा सम्बन्ध बिच्छेदका घटनाहरु बढ्ने गरेको अधिबक्ता कैलाश साउद बताउन्छन् । उनि भन्छन् सम्बन्ध बिच्छेदका घटनाहरु बढ्नुमा मुख्य कारण अपरिपक्को उमेरमा बिबाह हुनु, पारिवारीक ब्यवस्थापनमा ध्यान नदिनु, श्रीमान बैदेशीक रोजगारमा बिदेश जादाँ श्रीमतीलाई शहरी क्षेत्रमा राख्न खोज्ने परिपाटीले घटनाहरु बढने गरेको बताए ।

सम्बन्ध बिच्छेदका घटनाहरु बढ्नाले सामाजिक कुरुतीको रुपमा बिकास हुन सक्ने खतरा बढ्ने गरेको जिल्ला समन्वय समिति डोटीकी उप प्रमुख शशी शोपले बताईन् । उनले भनीन् सम्बन्ध बिच्छेदको लागि यही कारण मात्र हो भन्ने छैन तर पनि पछील्लो समयमा हेर्दा महिला र पुरुषको एकै प्रकारको पारिवारीक अवस्था नहुनु, सानै अपरिपक्को उमेरमा बिबाह गर्नु, बेरोजगार हुनु, श्रीमानको शहरको र श्रीमतीको गाउँको बसाई र सामाजिक संजालको दुरुपयोगका कारण घटनाहरु बढ्ने गरेको बताईन् ।

छोरा मान्छेहरु बैदेशीक रोजगारमा जादाँ पारिवारीक ब्यवस्थापन ध्यान नदिने, सामाजिक संञ्जालको दुरुपयोग, सानै उमेरमा बिबाहका जस्ता कारणले सम्बन्ध बिच्छेदका घटनाहरु बढ्ने गरेको डोटी जिल्लाकी सहयक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताईन् । उनले जो कोहीले बिबाह गर्नु भन्दा सम्बन्ध टिकाउने कुरा महत्वपूण रहेको समेत बताईन् ।

सम्बन्ध बिच्छेदका घटनाहरुमा कमी ल्याउन परिपक्को उमेरमा बिबाह गर्ने, पारिवारीक ब्यवस्थापनमा ध्यान दिने, सकारात्मक सोचको बिकास गर्ने, श्रीमान र श्रीमतीले एक अर्कालाई पूर्ण रुपमा विश्वास लिने जस्ता कारणले कमी हुन सक्ने सामाजिक अभियन्ताहरु बताउछन्

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा