निसर्ग हस्पिटलले निःशुल्क मृगौला तथा मुत्ररोग सम्बन्धि चेकजाँच गर्ने

news nisrg
news nisrg
August 04, 1:45

अप्रेशनमा ३०% तथा जाँचहरुमा २५% छुटको व्यवस्था
कैलाली,साउन २० 
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. धनगढीले साउन २४ गते देखि ३० गते सम्म मृगौला तथा मुत्ररोग सम्बन्धी निःशुल्क चेकजाच शिविर आयोजना गर्ने भएको छ । मृगौला तथा मुत्ररोग सम्बन्धि दैनिक चेकजाँचका क्रममा मृगौला,मुत्रनली,मुत्रथैलीको पत्थरी तथा संक्रमण भएका र प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामिहरुको संख्या उल्लेख भेटिएको डा. प्रज्ञान ख्वाउजुले बताउनुभयो ।
पिउने पानीमा खराबीका कारण मृगौला तथा मुत्ररोग सम्बन्धि बिरामिहरुको संख्या बढी भएको हुनसक्ने डा. प्रज्ञानले बताएका छन  । यहि साउन २४ देखि ३० गतेसम्म आयोजना हुने शिविरमा मृगौला तथा मुत्ररोग शल्य चिकित्सक डा. प्रज्ञान ख्वाउँजूद्धारा चेकजाँच गरिने हस्पिटलले जनाएको छ । शिविरमा मृगौलाको संक्रमण र पत्थरी, पिसाबनलिको संक्रमण र पत्थरी, पिसाबथैलिको संक्रमण र पत्थरी , र प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामिहरुलाई सम्पुर्ण उपचार तथा शल्यक्रिया सेवा दिईने हस्पिटलले जनाएको छ । 
चेकजाँच शिविरमा शल्यक्रिया तथा प्रयोगशाला परीक्षण गर्नु परेमा शल्यक्रिया शुल्कमा ३०% छुट र प्रयोगशाला परीक्षणमा २५% छुट दिने हस्पिटलले जनाएको छ । शिविरमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म चेकजाँच गरीने छ । मृगौला तथा मुत्ररोग सम्बन्धि चेकजाँच र अप्रेसन अलि खर्चिलो हुने भएकाले आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले विशेष छुट सहितको निःशुल्क चेकजाँच शिविर आयोजना गरिएको हस्पिटलले जनाएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा