नेपालमा एकै दिन तीन लाखबढीले लगाए कोरोना विरुद्धको खोप

news
news
August 13, 3:13

काठमाडौँ,२९साउन। नेपालमा एकै दिन तीन लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना भाइरस विरुद्ध खोप अभियान सुरु भएयता बिहीबार एकै दिन हालसम्मकै धेरै तीन लाखभन्दा बढी खोप लगाएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जनाएका छन्।

शुक्रबार सम्म प्राप्त विवरण अनुसार बिहीबार एकै दिन ३ लाख ९ हजार ६८ जनाले खोप लगाएको उनले ट्वीटरमार्फत् जानकारी दिएका छन्। गत माघ १४ गतेबाट सुरु भएको खोप अभियानलाई पछिल्लो समय सरकारले तिब्र रुपमा अगाडी बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म पूर्ण डोज खोप लगाउनेको संख्या २९ लाख नाघिसकेको छ भने पहिलो मात्रा खोप लगाउनेको संख्या ४६ लाख हाराहारी पुगेको छ। 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा