सुदूरपश्चिममै पहिलोपटक निसर्ग अस्पतालले थाल्यो टेलिमेडिसिन सेवा !

Telemedicine
Telemedicine
August 16, 6:25

धनगढी, ३२ साउन – धनगढीको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरले सुदूरपश्चिममै पहिलोपटक टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । प्रदेशका अन्य पहाडी जिल्लाका नागरिकलाई समेत विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

‘टेलीमेडिसिन सेवा’को माध्यमबाट सुदूर पहाडका बिरामीहरुलाई आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्ने अस्पतालका स्वास्थ्य निर्देशक डा. मिराजआलम अन्सारीले जानकारी दिए ।

हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले सोमबारदेखि बझाङबाट ‘टेलिमेडिसिन सेवा’ सुरु गरिएको बताउँदै छिट्टै अन्य जिल्लामा पनि विस्तार गरिने जनाए । जीआईजेड र मिदास टेक्नोलोजी प्राइभेट लिमिटेडसँगको सहकार्यमा बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको उनले बताए ।

‘टेलिमेडिसिन सेवा’ मार्फत स्वास्थ्य परीक्षण तथा परामर्श लिएको शुल्क भने लाग्ने छैन । ‘टेलिमेडिसिन सेवा’ले विशेषज्ञ स्वास्थ्य सेवाका लागि पहाडी जिल्लाबाट धनगढी लगायतका ठाउँ धाउनुपर्ने बाध्यता हट्ने विश्वास समेत लिइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा