डोटीका ग्रामीण सडक अबरुद्ध हुदा बिरामीको बिजोग अबस्था
एकेन्द्र चन्द डोटी, भदौ १५ डोटीको बडिकेदार गाउँपालिकामा लगभग सबै वडामा सडक बिस्तार गरिए पनि सडकको स्तरउन्नति र लगातारको पानीले सडक अबरुद्ध र हिलाम्मे भए पछि सबै भन्दा बढी बिरामीहरुले र स्थानीयले सास्थी बेहोर्नु परेको छ ।
गाउँपालिकाको वडा न २ का सबै ठाउँमा जोड्ने सडक अबरुद्ध छ्न सडक अबरुद्ध भएको कारण यातायातका कुनै पनि साधन सञ्चालनमा आउन सकेका छैन जस्ले गर्दा बडिकेदार गाउँपालिका वडा न २ गर्भुजामा बिरामिलाइ स्टेचर र डोकोमा बोकेर लैजाउनु पर्ने बाध्यता रहेको बडिकेदार गाउँपालिका वडा न २ गर्भुजामा रहेको गर्भुजा सामुदायिक स्वास्थ एकाइमा कार्यरत स्वास्थकर्मी निर्मल साउदले आफ्नो फेसबुकमा बिरामिलाइ बोक्दै गरेको फोटो अबलोड गर्नु भएको छ ।
अहिले सहजपुर बोगटान सडक खण्डको काम भैरहेकोले सहजपुर देखि अतरकाडा सम्म पुरै सडक हिलाम्मे भएको छ सडक हिलाम्मे भए सघै धनगढी देखि अतरकाडा सम्म आउने यात्रुहरु समेत कहिले काहीँ बिच बाटोमै अलपत्र परिरहेको स्थानीयले गुनासो गरेका छ्न ।