अछाममा मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा २ जना घाइते

news
news
September 01, 2:25

अछाममा मोटरसाइकल र जिप ठोक्किँदा २ जना घाइते भएका छन् । मध्य पहाडी लोक मार्गमा पर्ने ठुलासैन बजार नजिकै बुधवार बिहान जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका हुन् ।

मंगलसैनवाट कमलबजार जाँदै गरेको से १ ज ७८४ को जिप र विपरीत दिशाबाट आइरहेको भे ८ प २६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कमलबजार नगरपालिका वडा नम्बर ६ का २४ वर्षीय उमेश शाही दायाँ खुट्टामा चोट लागेको ,र सोही ठाउँका २७ वर्षका वीरेन्द्र शाहीको दुवै खुट्टामा चोट लागेको छ ।

घाइते दुवै जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । मोटरसाइकल जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जनक बहादुर बोहराले जानकारी दिनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा