डोटीका श्रेष्ठद्धारा बृद्धा आश्रमलाई गरे ६ लाख बराबरको जमिन दान

sasas
sasas
September 06, 8:22

डोटी -जिल्लामा रहेको एक मात्र बुद्धाश्रम पुज्य धर्मान्तक बृद्धाअश्रम लाइ ६ लाख बराबरको १४ आना जमीन दिलीप कुमार श्रेष्ठले निःशुल्क दान गरेका छन् ।

दिपायल सिलगढी नगरपालीका वडा नं. ६ इन्द्रचोक निबासी श्रीकुमार श्रेष्ठका कान्छा छोरा दिलीप कुमार श्रेष्ठको नाममा रहेको जमीन आज आश्रमको नाममा हस्तान्न्तरण गरेको पुज्य धर्मान्तक बृद्धाआश्रमका अध्यक्ष दिनेश बहादुर रोकायले जानकारी दिनुभएको छ ।

बृद्धाआश्रम रहेका बृद्ध आमाबुवा आफ्नै आमाबुवा जस्तो लागेको भोली बृद्ध अबस्थामा जो कसैलाइ पनी सहारा बन्न सक्ने भएकाले आफुले खुसी भएर जमिन दान गरेको दाता दिलीप कुमार श्रेष्ठले बताउनु भयोे ।

शुदुरपश्चिम प्रदेशमा सरकारले छुटाएको २० लाख बजेटले अब उक्त जमीनमा घर बनाउने आश्रमले जनाएको छ । उक्त रकम घरनिर्माणका लागी कमहुने भएकोले सहयोग गर्न अध्यक्ष रोकायले बताए । अहिले आश्रममा पाँच जना बृद्धबृदा रहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा