सिड नेपाल डोटीद्वारा २ सय २३ जना विपन्न बालबालिकालाई खाद्यान्न सहयोग
मोहन पनेरु - भाद्र २२, डोटी
डोटीका विभिन्न क्षेत्रका २ सय २३ जना विपन्न बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।
समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटी र वर्ल्डभिजनको साझेदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सर सिप परियोजना अन्तर्गत जोखिममा रहेका विपन्न परिवारका दर्ता बालबालिकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
अति जोखिम विपन्न परिवार र समस्यामा परेका बालबालिकाहरुको जीवन स्तर, खाद्यान्नमा राहत तथा सहयोग पुग्ने उद्धेश्यले सो सामाग्री वितरण गरिएको हो ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ मा २० जना, सायल गाउँपालिका वडा नम्बर ६ मेल्लेकमा २० जना, पूर्वी गाउँपालिका वडा नम्बर १ खिरसैनमा २० जना, वडा नम्बर २ बगलेकमा २० जना र वडा नम्बर ३ साजघाटमा १८ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।
त्यस्तै आदर्श गाउँपालिका वडा नम्बर १ मा ३५ जना, वडा नम्बर २ मा ३० जना, वडा नम्बर ५ मा ३० जना र आदर्श वडा नम्बर ७ मा ३० जनालाई गरि जम्मा २ सय २३ जनालाई खाध्यान्न राहत सामाग्री वितरण गरिएको सिड नेपालले जनाएको छ ।
प्रति व्यक्ति ३० के.जि. चामल, ३ के.जि. दाल, ४ पोका नुन, २ के.जि. चिनि, २ लिटर तेल र ४ पिस नुहाउने साबुन गरि प्रत्येक बालबालिकालाई ३ हजार २ सय २८ रुपैया ९२ पैसाका दरले जम्मा रु ७ लाख २० हजार ४९ बराबरको खाद्यान्न सामग्री वितरण गरिएको सिड नेपालका वित्त तथा प्रशासन अधिकृत डम्मर सिंह कुडमालले जानकारी दिए ।